नेपाल उधाेग वाणिज्य महासंघकाे हुन गैरहेकाे निर्वाचनमा झापाका उधाेग व्यवसायीले वस्तुगततर्फ उपाध्यक्ष पदका लागि हेमराज ढकाललाई उमेदवार घाेषणा गरेका छन ।
आईतवार झापाकाे विर्तामाेड स्थित सिद्धार्थ हाेटलमा नेपाल चिया उत्पादक संघले पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएकाे हाे । ढकाल नेपाल चिया उत्पादक संघका पुर्व सचिव एवम वर्तमान सदस्य हुन । उनी नेपाल उध्याेग वाणिज्य संघकाे वर्तमान केन्द्रीय सदस्य तथा विषयगत समिति स्वास्थ्य तथा सीप विकास समितिका सभापति समेत हुन ।
ढकालले झण्डै ३ दशकदेखि उधाेग वाणिज्य एवम विदेशी मुद्रा आर्जन गर्ने चिया,अलैंची ,अदुवा,सुपारी ,भेनियर,प्लाईउड,कुचाे,रवर जस्ता कृषिजन्य वस्तुका आन्तरिक तथा निर्यात व्यापार प्रवर्द्धन तथा यसमा आवद्द किसान,व्यवसायी तथा निर्यातकर्ताकाे समस्या समाधानमा पहल गर्दै आएका छन ।
कृषि जन्य सामाग्रीकाे व्यवसायीकिकरण तथा व्यवसायीकाे हक हितमा सधै अग्रपंक्तिमा रहेर काम गर्ने भएका कारण वस्तुगत उपाध्यक्षमा उनलाई अघि सारिएकाे झापाली उधाेग व्यवसायीहरुकाे भनाइ तथा एक्यवद्धता रहेकाे छ ।
नेपाल उधाेग वाणिज्य महासंगकाे ५७ अौ वार्षिक साधारण सभा तथा निर्वाचन यही चैत्र २८ र २९ गते काठमाडौंमा सम्पन्न हुँदैछ ।
नेपाल उधाेग वाणिज्य महासंघकाे वस्तुगत उपाध्यक्षमा हेमराज ढकालकाे उमेद्वारी घाेषणा
नेपाल उधाेग वाणिज्य महासंघकाे वस्तुगत उपाध्यक्षमा हेमराज ढकालकाे उमेद्वारी घाेषणा
Advertisement
तपाईको प्रतिक्रिया







