• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कनकाईमा एकैसाथ २ स्थानमा महायज्ञ उद्धघाटन


  •    संवाददाता/ बुधबार, चैत ०८, २०७९  

  • झापाको कनकाईमा एकैसाथ आज बुधबार २ स्थानमा महायज्ञ उद्धघाटन गरिएको छ। कनकाई १ स्थित दुर्गापुर बजारको इतिहाससँग जोडिएको पुर्व – पश्चिम् राजमार्ग उत्तर श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसर र कनकाई वडा न२ स्थित जामुनाबारी सामुदायिक वन उपभोक्तासमितिको गेट पुर्वपटि दाता परिवारबाट निर्माण गरिएको श्री पञ्चकन्या पाथिभरा देवीको प्राग्गडमा आजदेखी आगामी १६ गते सम्म महायज्ञ संचालनमा आएको हो । दाता परिवार राजेन्द्रकुमार विष्ट र युवकला विष्टले निर्माण गराएको कनकाई २ मा रहेको महायज्ञ परिसरबाट आज विहान ८:३० बजेको समयमा कलश यात्रा सुरु भइ १०:३० बजे एक विशेष समारोहका विच महायज्ञ समुद्घाटन गरिएको सन्चार सयोजक मन नेम्वाङले जानकारी दिनुभयो । प्राकृतिक पर्यापर्यटनको विकास गर्ने उद्देश्यले झापामै पहिलो पटक जामुनखाडी सामुदायिक वनले सञ्चालनमा ल्याएको जामुनखाडी सिमसार पर्यटकीय स्थलमा धार्मिक पर्यटनलाई पनि जोडने उद्देश्यले जामुनखाडी सामुदायिक वन संरक्षक रहेर श्री पञ्चकन्या पाथिभरा देवी मन्दिर समितिले महायज्ञको आयोजना सुरु गरिएको पुराण मुल आयोजक समितिका संयोजक बुद्धिमान बोहोराले जानकारी दिनुभयो ।
    यता कनकाई १ स्थित दुर्गापुर बजारको इतिहाससँग जोडिएको पुर्व – पश्चिम् राजमार्ग उत्तर श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा समेत महायज्ञको समुद्घाटन गरिएको छ। कोशी प्रदेशका उद्योग, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री भक्तिप्रसाद सिटौला र कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोख्रेलले एकै साथ महायज्ञको समुद्घाटन गरिएको महायज्ञ मुल आयोजक समितिकि संयोजक सरला दाहाल पोखरेलले जानकारी दिनुभयो ।आज चैत ८ मा समुद्घाटन भइ आगामी १६ गते समापन हुने महायज्ञ सामुदायिक भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यका साथ नौ दिवसीय श्रीमद देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ संचालन गरिएको नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलाले जानकारी दिनुभयो । आज बिहान ११ बजे मन्दिर परिसरबाट सयौं को संख्यामा दाजु भाइ तथा दिदीबहिनीहरुको सहभागितामा सुरु गरिएको कलश यात्रा कनकाई नदिमा गइ जल लिएर मन्दिर परिसरमा पुन आई एक विशेष समारोहका साथ भव्य रुपमा समुद्घाटन गरिएको थियोे । महायज्ञ सम्पन्न गर्न विभिन्न जिम्मेवारीमा रहनु हुने साथै अन्य सरोकारवाला सबैमा आवश्यक्ता हेरेर सहयोग गरिदिन मूल आयोजक समिति संयोजक पोखरेलले सबैमा अपिल समेत गर्नुभएको छ।कार्यक्रममा विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न क्लबका प्रमुख तथा प्रतिनिधि विभिन्न महिला समुह , भजन कृतन मन्डली , युवा तथा जेष्ठ नागरिक लगायत हजारौं भक्तजनहरुको
    उपस्थिति रहेकोे थियोे ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.