• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विरोध प्रदर्शन रोक्न जिल्ला प्रशासन मोरङले जारीगर्याे निषेधाज्ञा


  •    संवाददाता/ आइतबार, चैत ०५, २०७९  

  • कोशी प्रदेश नामकरणको विरोध प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको छ।

    कार्यालयले आइतबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म विराटनगरका केही स्थानहरूमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए।

    Advertisement

    कोशी प्रदेश नामाकरणको विरोधमा आइतबार बृहत प्रदर्शन गर्ने पहिचान पक्षधरहरूको तयारी छ। त्यसैलाई रोक्न प्रशासनले निधेषाज्ञा जारी गरेको हो।

    Advertisement

    ‘कोशी प्रदेश नामकरण पश्चात असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनगर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याइ राख्न जिल्ला सुरक्षा समिति मोरङको निर्णायानुसार भोलि बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको छ,’ उक्त सूचनामा भनिएको छ।

    प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर सम्मको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर सम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ डाँफे चोक देखि पूर्वको क्षेत्रसम्म निषेधाज्ञा लगाएको हो।

    उक्त स्थानहरूमा सर्वसाधरण तथा सवारीसाधन आवतजावत बाहेक कुनै पनि किसिमको जुलुस, चेला, र्‍याली धर्ना जस्ता कार्य गर्न निधेयष गेको हो। आदेशको उल्लंघन गरे कारबाही गर्ने चेतावनी समेत दिएको छ।

    प्रदेशको नाम कोशी राखेको भन्दै त्यहाँ विरोध हुँदै आएको छ। प्रदेशको नाममा पहिचान जोडिएको हुनुपर्ने र किराँत राख्नुपर्ने भन्दै प्रदर्शन हुँदै आएको हो।

    गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी प्रदेश नाम दुई तिहाइ बहुमतले पारित गरेको थियो।

    त्यसयता पहिचान पक्षधरले विरोध प्रदर्शन गर्दै आएका हुन्। दुई पटक हड्ताल/बन्द समेत गरिसकेका छन्।

    त्यसैबीच आइतबार नै उनीहरूले विराटनगरस्थित प्रदेश सभा केन्द्रीत विरोध प्रदर्शन गर्न लागेका हुन्। उक्त प्रदर्शनलाई रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.