बिर्तामोड । आगामी चैत ५ गते हुन गइरहेको कनकाई क्याम्पस विर्तामोडको स्ववियु निर्वाचनमा २१ बुँदे प्रतिबद्धता सहित अध्यक्ष पदमा गणेश न्यौपाने (पुकार )ले उम्मेदवारी दिएका छन् ।
बिर्तामोड ५ मा रहेको क्याम्पसमा अनेरास्ववियुका तर्फबाट उम्मेद्बारी घोषणा संगै विद्यार्थीहरुले चुनावी गतिविधि लाई तिब्रता दिएका छन् ।
उम्मेद्बार न्यौपानेले आफ्ना प्रतिबद्धता पूरा गर्दै विद्यार्थीको हक र शैक्षिक गुणस्तर वृद्धिमा काम गर्ने बताएका छन् ।
नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघमा समेत रहेर सामाजिक र राजनैनिक गतिविधिमा कृयाशिल रहेका न्यौपानेको टिमले विद्यार्थीको पक्षमा काम गर्ने उल्लेख गरेको छ। शैक्षिक क्षेत्रमा व्यावसायिक काम गर्दै आएका न्यौपानेको टिमलाई अन्य राजनीतिक दलका विद्यार्थी संगठनले पनि समर्थन जनाएका छन् ।

अनेरास्ववियुले स्ववियुको सचिवमा ओशिन तामाङ कोषाध्यक्ष कृष्ण अग्रवाल र प्रत्यक्ष तर्फका सदस्यहरुमा पुजा दुलाल,मदनकुमार चुडाल,सविता गिरि ,अन्जार आलम,इना सुबेदी,दिपेन्द्र बराल ,मनोज राजबंशी ,टामन अधिकारी लाई उम्मेद्बार बनाएको छ।
ब्यबस्थापन संकाय तर्फ एम बि एस प्रथम बर्षमा अध्ययनरत न्यौपाने विद्यार्थीको हकहितमा लामो समय देखि कृयाशिल छन् उनि झापाको बिर्तामोड ४ मा रहि अध्ययन गर्दै आएका छन् ।
राजनीति ,प्रबिधि र शिक्षा मार्फत समाज परिवर्तनमा होमिएका उनी हरेक विद्यार्थीका नेतृत्व समेत हुन् ।उनको अग्रसरतामा क्याम्पसमा नेतृत्व बिकास ,बृक्षारोपण, विद्यार्थी सहायता कोष स्थापना लगायतका गतिविधि गर्दै खेलकुद तथा विद्यार्थीको न्यायका लागि निरन्तर कृयाशिल छन् ।







