झापा । नेपाल तामाङ विद्यार्थी घेदुङ झापाको चौथो जिल्ला सम्मेलनले कन्चन रुम्बा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
सम्मेलनकै अवसरमा गत बर्ष एसईई परीक्षामा उत्कृष्ट हुने ६ जना लाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा निम कुमार तामाङ, सुभास तामाङ ,दीपा मोक्तान, कृति तामाङ,एलिना तामाङ, डोमा तामाङ रहेका छन् ।
कार्यक्रममा नेपाल आइडल सिजन ४ का उपविजेता नाम्गेल तामाङलाई विशेष सम्मान गरिएको थियो ।

तामाङ घेदुङ कोशी प्रदेशका अध्यक्ष रेख बहादुर घिसिङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङ र नेपाल तामाङ घेदुङ संघीय सदस्य पदम बहादुर तामाङ(देवराज) को विशिष्ट आतिथ्य्ता रहेको संघीय कार्यसमिति सचिव हैकम घिसिङले जानकारी दिए।
अनेरास्ववियु झापा अध्यक्ष रोशन लामा, समाजसेवी तथा विद्यार्थी घेदुङको अक्षयकोष निर्माता गंगादेवी गुरुङ तामाङ, नेपाल तामाङ घेदुङ कोशी प्रदेश सचिव तिलक पाख्रिन लगायतको उपस्तिथि रहेको थियो ।

त्यसैगरी चौथो जिल्ला सम्मेलनबाट १९ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा विशाल थिङ तामाङ,पुनम लो तामाङ ,सचिव निरोज राज ग्लान तामाङ,सह-सचिव रिसभ घिसिङ,सह-सचिव हिमा डोल्मा,लामाखोर,सह-सचिव डिगजेन गोम्देन,कोषाध्यक्ष,कल्पना मोक्तान यस्तै सदस्य दावा तामाङ ,कृशला तामाङ,सागर गोले, अन्चल तामाङ,पवित्रा तामाङ, मनिसा तामाङ, दिलिसा तामाङ,असिम थिङ,निमा छिरिङ गोम्देन, सुस्मा तामाङ नाम्गेल तामाङ चयन भएका छन् ।
प्रकृति घिसिङको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन सह-सचिव सुष्मा तामाङले गरेकी थिइन् ।







