• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रदेश सरकार कृषककाे साथ छ कृषि तथा सहकारी मन्त्री सिटौला


  •    चन्द्र बस्नेत/ बुधबार, फागुन १०, २०७९  

  • प्रदेश न १ का कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले सधैं कृषकहरुको साथमा प्रदेश सरकार रहेकोे बताउनुभएको छ।झापाको कनकाई स्थित सुरुङ्गामा आज बुधबार आयोजित एक दिवसीय कृषि मेला प्रदर्सनि कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा मन्त्री सिटौलाले सो कुरा बताउनु भएको हो। उहाँले कृषकहरुले उत्पादन गरेका सामग्रीको अवलोकन गर्दै प्रदेश सरकार कृषकहरुका लागि अब उत्पादनमा केही समस्या नहोस र सामाग्री कसरी बढी भन्दा बढी उत्पादन गर्नेकुरामा प्रदेश सरकारले सधैं सहयोग गर्ने प्रतीवद्धता जनाउनु भयो। कृषि प्रदर्सनी मेलाको अवलोकन गर्दै नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले कृषकहरुले उत्पादन गरेका सामाग्रीले स्थानीय तहलाई थप उत्साहित बनाएको र आगामी दिनमा नगरले कृषि तथा पशु-चौपायाको छेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्ने प्रतीवद्धता जनाउनु भयो। कार्यक्रममा बोल्दै नगर प्रमुख पोख्रेलले नेपाल कृषि प्रदान देश भएकाले हामी आफुहरुले उत्पादन गरेका सामाग्री मेलामा प्रदर्सनिमा राखीएका उत्पादित सामाग्रीको प्रचारप्रसार गरि कसरी बढी भन्दा बढी सामाग्री उत्पादन गर्ने भन्ने कुराको कृषि विग्यसग जानकारी लिन नगर वासीलाई आग्रह समेत गर्नुभएको थियोे ।
    उहाँले बढीभन्दा बढी नगरबासी कृषकलाई लाभ लिन अनुरोध गर्दै नगरबासीको कृषि तथा पशुधन सुरक्षामा स्थानीय सरकार गम्भीर भएर लागेको पटक पटक दोहोर्‍याउनु भएको थियो। कनकाई नगरपालिका ३ स्थित निर्माणधिन नयाँ कृषि बजारमा आयोजित मेलाको कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कृषि मेला प्रदर्सनी गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिनुभयो । मेलामा कृषकहरुले उत्पादन गरेका तरकारी बाली , अन्य अन्न पात , उत्पादित अचार , मह गरि १७ प्रकारका सामाग्रीका साथै लोपोन्मुख कृषि औजार ( मदानी , ढिकी – जातो ,हलो – जुवा लगायतका सामग्री साथै आधुनिक कृषि औजार कुटो कोदालो ,पसनि, काटा स्प्रे ट्याग्की लगायत दर्जन बढी औजारका साथै भौतिक निर्माण सामग्री होलो ब्लक , इन्टरलक अन्य खेलौनाका सामग्रीको समेत प्रदर्सनि राखिएको कारितास नेपालका कृषि प्राविधिक टंक प्रसाद कट्टेलले जानकारी दिनुभयो । मेलामा आई. पि. एम. खेती प्रवद्र्नलाई कसरी उत्पादन मुखी बनाउन सकिन्छ भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखिएको कृषि प्राविधिक कट्टेलले जानकारी दिनुभयो । मेलामा अलग्गै २१ वटा स्टलको व्यवस्थापन गरिएको विभिन्न विधामा प्रतियोगित्मक उत्पादित सामग्रीका उत्कृष्ट कृषक त्यसैगरी उत्पादित कृषि सामग्रीसग सम्बन्धित गित प्रस्तुत गर्ने ४० जना कृषक तथा कृषक समुहलाई क्रमशः पहिलो , दोश्रो , तेस्रो र सान्त्वना स्वरुप ४० जनालाई नै कृषिमा प्रयोग हुने सामग्रीको पुरस्कारका रुपमा वितरण गरिएको कारितास नेपालका प्रादेशिक प्रमुख देवेन्द्र पोख्रेलले जानकारी दिनुभयो। मेलामा नगरका साथै जिल्ला र जिल्ला बाहिर ईलाम र मोरङका कृषक समूह , विभिन्न फर्म तथा उत्पादक अगुवा कृषकहरुको सहभागीता रहेकोे कृषि प्राविधिक कट्टेलले जानकारी दिनुभयो । कृषि मेला कार्यक्रममा स्थानीय हरिकुल नमूना माध्यमिक विध्यालयका विध्यार्थीहरुले उत्पादन गरेका अचार , विभिन्न जातका फलफुलका विरुवाहरु निशुल्क वितरण समेत गरिएको थियोे ।मेलामा सहभागी कृषकसमुहका लागि निशुल्क यातायात तथा स्टल उपलब्द गराएको नगर कर्मचारी विजय पाठकले जानकारी दिनुभयो । कृषकहरुले कसरी बढी भन्दा बढी सामाग्री उत्पादन गर्ने र उत्पादीत सामाग्री कसरी बजारीकरण गर्ने भन्ने उध्येश्य कासाथ मेलाको आयोजना गरिएको कनकाई नगर कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो । नगर प्रमुख पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उप प्रमुख शिवाकोटीले गर्नुभएको थियोे भने सन्चालन कारितास नेपालका कृषि प्राविधिक कट्टेलले गर्नुभएको थियोे ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.