अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापा शाखा उत्कृष्ट घोषित भएको छ ।
फागुन ५ देखि ७ गते सम्म काठमाडौंमा भएको २७ औं अन्तर्राष्ट्रिय सम्मेलनमा उत्कृष्ठ कार्य गर्ने शाखामध्ये नेल्टा झापालाई उत्कृष्ट शाखा घोषणा गरिएको हो ।
शाखाले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष धर्मेन्द्र भट्टराईले बताए ।
यसैगरी मकवानपुर शाखा दित्तीय र ललितपुर शाखा तृतीय घोषित भएका छन्। उत्कृष्ट शाखा छनौट समितिका संयोजक नेल्काटा पूर्वराष्ट्रिय अध्यक्ष हेमन्तराज दाहालले उत्कृष्ट शाखाहरूको घोषणा गरेका थिए । नेल्टा झापाले यस बर्ष मात्र राष्ट्रिय स्तरका शिक्षक प्रशिक्षक तालिम तथा नेपाल मै पहिलो पटक महिला अंग्रेजी शिक्षक सम्मेलन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएको थियो।
हाल झापा जिल्लामा १५ सय बढी अंग्रेजी भाषा शिक्षक रहेका छन्।







