फक्ताङ्लुङ एजुकेशन फाउन्डेसनले बिबिध कार्यक्रम गरि १३ औं बार्षिक उत्सब सम्पन्न गरेको छ । 
कनकाई ७ दुर्गापुरमा रहेको बिद्यालयका बालबालिले गित,नृत्य ,नाटक प्रस्तुत गरेका थिए । 
एन प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्य तथा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दुर्गा नेङ्वाङको अध्यक्षता रहेको थियो।
बिद्यालयका सह-प्रधानाध्यापक लक्ष्मी अधिकारीले स्वागत गरेको कार्यक्रममा प्रधानाध्यापक ओम बिक्रम नेङ्वाङले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । 
कार्यक्रममा एन प्याब्सन केन्द्रिय सदस्य सन्जिव राई लगायतले शुभकामना राखेका थिए ।
बिद्यालयका प्रधानाध्यापक नेङ्वाले विद्यार्थीको सर्वाणिङ बिकासमा जोड दिदै आएको बताए ।हाल बिद्यालय ५ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।
Advertisement







