झापाकाे शिवसताक्षी नगरपालिका वडा नं. १ मा रहेको श्री लक्ष्मी नारायण मावि मा अध्यनरत दलित बालबालिकाहरुलाई वडाकाे बजेटबाट विद्यालयकाे पोशाक प्रदान गरिएको छ ।
वडाव ाट विनियोजित एकलाख बजेटबाट उक्त सामाग्री वितरण गरिएकाे हाे । लक्ष्मीनारायण माविकाे नरसरी देखि कक्षा ५ सम्म अध्यायनरत ४५ जना दलित बालबालिकाहरुलाई नि शुल्क एक एक सेट पोशाक वितरण गरिएको हाे ।
आज एक कार्यक्रमका विच प्रदेशसभा सदस्य माननिय राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा , उपप्रमुख नरमाया कार्की, वडाअध्यक्ष लक्ष्मी चेम्जाेङ,वडाका वडासदस्य तथा विध्यालयमा अध्यापनरत शिक्षक शिक्षिका लगायतकाे उपस्थितिमा वितरण गरीए काे हाे ।
Advertisement







