झापा । बिर्तामोड स्थित गोमेन्द्र बहुमुखी महाबिद्यालयमा एमबिए र एमसिए आईटीको कक्षा संचालन हुने भएको छ ।
बिर्तामोड ४ मा रहेको बिद्यालयले यसै बर्ष देखि सो कक्षा संचालन गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । 
प्राचार्य रुपक खनालले विद्यार्थीको माग अनुसार मेची अञ्चलमा पहिलो पटक कक्षा संचालन गर्न लागिएको बताए ।
झापामा सो विषयको कक्षा नभएकाले बिर्तामोडमै पढाइ सुरु गरिएको बताईएको छ । रोजगारमा रहेका विद्यार्थीलाई उच्च शिक्षा लिन सहयोग पुग्ने खनालले बताए । २०५६ मा बिसिए र ६२ सालमा बिबिए कक्षा संचालन गर्दै जनशक्ति उत्पादन गर्दै आएको छ ।
संस्थापक गणेश प्रसाद खनालको अध्यक्षता रहेको पत्रकार सम्मेलनमा संस्थापक बुध खनाल, प्राचार्य बिमल राजबंशी,डा.जेबि तामाङ ,राजु निरौला ,बिकास कोईराला,सह प्राधापक सरु खनाल लगायतको उपस्थिति रहेको थियो ।
२ बर्षमा पढाइ सकिने सो विषयको लागि ३ लाख ५० हजार खर्च हुने बताईएको छ ।
गोमेन्द्रमा एमबिए र एमसिए आईटीको कक्षा संचालन हुने
गोमेन्द्रमा एमबिए र एमसिए आईटीको कक्षा संचालन हुने
Advertisement
तपाईको प्रतिक्रिया







