• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सडक बाल–बालिका तथा गुरुकुल शिक्षाकालागि आयोजित सप्ताह महायज्ञमा दाता र भक्तजनको लर्को


  •    चन्द्र बस्नेत/ मङ्गलबार, मङि्सर २७, २०७९  

  • सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदानका झापाको कनकाई नगरपालिका –६ चम्फापुरस्थित श्री गायत्री मन्दिर एवम् चम्फापुर माध्यमिक विद्यालयमा राधिका फाउन्डेशनको आयोजनामा सप्ताह श्रीमद् भागवत धनधान्याचल महायज्ञमा भक्तजन तथा दाता हरुको लर्को नै लागेको छ । सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदानका लागि झापाको बाह्दशी–७ मा दाता पन्डित भिमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिनाको परिवारले निःशुल्क प्रदान गरेको १२ कठ्ठा जग्गामा भवन निर्माण गर्ने उध्येश्यले महायज्ञको आयोजना गरिएको हो ।

    महायज्ञ पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको महायज्ञ २८ गते बुधबारसम्म गर्न चल्ने छ। कनकाई नगरपालिकाको कार्यालयबाट लगभग ३ किलोमिटर दक्षिण वडा न –६ को चम्फापुरमा रहेको श्री गायत्री मन्दिरस्थित चम्फापुर माबिको प्राङगणमा महायज्ञ जारी छ । सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान साथै असहाय, सहाराबिहिन, बिपन्न वर्गहरुको सहाराका लागि दाता तिम्सिना परिवारबाट प्राप्त जग्गामा भवन निर्माण साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पुरा गर्न, विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी प्रशमनार्थका लागि महायज्ञको आयोजना गरिएको राधिका फाउन्डेसनकि अध्यक्ष एवम् महायज्ञकि प्रखर बक्ता श्री राधिका दासिले बताउनु भयो।
    महायज्ञमा सघिय , तथा प्रदेश सभासद देखि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल , उप- प्रमुख आशा शर्मा शिवाकोटी , सबै वडाका वडा अध्यक्षहरु अन्य जनप्रतिनिधि , विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि , विभिन्न भजन- कृतन समुहका प्रमुख तथा प्रतिनिधि , जामुनाबारी सामुदायिक बन परिवार , सुरुङ्गा जेसिज परिवार, कनकाई उध्योग वाणिज सघ परिवार, कनकाई सामुदायिक बन परिवार , पशुपति अग्रेजी स्कुल परिवार , समाज सेबि लीला प्रसाद चिमरिया, समाजसेवी एवम् शिक्षा सेवि एल पि उप्रेती , समासेवी ख्याम प्रसाद ओलि , चम्पा सुवेदी ,मनोज बस्नेत लगायत सयौं समाज सेवि दाताहरुले यो पवित्र उद्येश्य बोकेर जारी महायज्ञमा सहयोग जम्मा भईरहेको महायज्ञ ब्यवस्थापन समितिका कोषाध्यक्ष एवं आर्थिक समितिका संयोजक पंकज नेपालले जानकारी दिनुभयो ।
    सप्ताह संगीतमय महापुराणका ब्याख्याता प्राचीन र अर्वाचीन दर्शन शास्त्रका ब्याख्याता, संगीतमय कथा प्रवचन भईरहेकोे महायज्ञ व्यवस्थापन समितिका महासचिव एवम् सोही वडाका नि( वर्तमान वडा अध्यक्ष लक्ष्मीप्रसाद ओलिले जानकारी दिनुभयो ।
    महायज्ञमा अहिले कनकाई बासी , झापा बासी साथै छिमेकी जिल्ला एवम् छिमेकी मुलुक भारत, भुटानका साथ साथै अन्य विदेशी मुलुकमा रहने नेपालीहरुले पनि सहयोग गरिरहनु भएको महायज्ञ ब्यएवस्थापन समितिका संयोजक मुक्ति प्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।

    Advertisement

    महायज्ञमा विभिन्न माध्यमबाट नगद तथा जिन्सी , तुला दान, एवम् प्रत्यक्ष- अप्रत्यक्ष रुपमा सहयोग जुटिरहेको बताईएको छ।
    सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान साथै असहाय, सहाराबिहिन, बिपन्न वर्गहरुको सहाराका लागि दाता तिम्सिना परिवारबाट प्राप्त जग्गामा भवन निर्माणगरि शिक्षा प्रदान गर्ने उध्येश्यले जारी महायज्ञमा दैनिक हजारौं भक्तजनहरुको सहभागिता का साथै सहयोग भइरहेको महायज्ञ अतिथि व्यवस्थापन समितिका संयोजक जविन तिम्सिनाले जानकारी जानकारी दिनुभयो ।
    महायज्ञ कि प्रमुख कथा वाचिका राधिका फाउन्डेशनकि अध्यक्ष राधिका दासीले महायज्ञ सम्पन्न गर्न झापाबासी सबै तथा देश एवम् विदेशमा रहने सबै आमा बुवा दाजु भाई दिदिबहिनीहरुमा अझै फाउन्डेसनलाई सहयोग गरि गुरुकुल निर्माणका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.