• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदानकालागि चम्फापुरमा सप्ताह महायज्ञ


  •    चन्द्र बस्नेत/ मङ्गलबार, मङि्सर २०, २०७९  

  • २० मंसिर ,२०७९ झापाको कनकाई नगरपालिका –६ चम्फापुरस्थित श्री गायत्री मन्दिर एवम् चम्फापुर माध्यमिक विद्यालयमा राधिका फाउन्डेशनको आयोजनामा सप्ताह श्रीमद् भागवत धनधान्याचल महायज्ञ आयोजना हुने भएको छ ।

    सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदानका लागि झापाको बाह्दशी–७ मा दाता पन्डित भिमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिनाको परिवारले निःशुल्क प्रदान गरेको १० कठ्ठा जग्गामा भवन निर्माण गर्ने उध्येश्यले महायक्ष आयोजना हुने भएको हो ।
    महायज्ञ पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको महायज्ञ आगामी पर्सि मंसिर २२बिहीवार देखि २८ गते बुधबारसम्म गर्न लागिएको हो ।कनकाई नगरपालिकाको कार्यालयबाट लगभग ३ किलोमिटर दक्षिण वडा न –६ को चम्फापुरमा रहेको श्री गायत्री मन्दिरस्थित चम्फापुर माबिको प्राङगणमा महायज्ञ आयोजना गरिने पुराण व्यवस्थापन समितिका संयोजक मुक्तिप्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।

    Advertisement

    सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान साथै असहाय, सहाराबिहिन, बिपन्न वर्गहरुको सहाराका लागि दाता तिम्सिना परिवारबाट प्राप्त जग्गामा भवन निर्माण साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पुरा गर्न, विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी प्रशमनार्थका लागि महायज्ञको आयोजना गर्न लागिएको राधिका फाउन्डेसनकि अध्यक्ष एवम् महायज्ञकि प्रखर बक्ता श्री राधिका दासिले जानकारी दिनुभयो ।

    Advertisement

    महायज्ञ सप्पन्न गर्न सम्पुर्ण तयारी पूरा भएको महायज्ञ ब्यवस्थापन समितिका कोषाध्यक्ष एवं आर्थिक समितिका संयोजक पंकज नेपालले जानकारी दिनुभयो ।

    उक्त सप्ताह संगीतमय महापुराणका ब्याख्याता प्राचीन र अर्वाचीन दर्शन शास्त्रका ब्याख्याता, संगीतमय कथा प्रवचन रहने महायज्ञ व्यवस्थापन समितिका महासचिव एवम् सोही वडाका नि- वर्तमान वडा अध्यक्ष लक्ष्मीप्रसाद ओलिले जानकारी दिनुभयो ।
    महायज्ञ सम्पन्न गर्नका लागि पुरान व्यवस्थापन समितिमा सुकदेव तिम्सिना, होमप्रसाद खतिवडा, गणेश थापा, कृष्णप्रसाद खतिवडा, दुर्गाबहादुर कटुवाल, दिनेश तिम्सिना, सीता देवी बस्नेत, मन्दिर व्यवस्थापन समिति तथा बिद्यालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारी सहितको नेतृत्वमा विभिन्न उप–समिति निर्माण गरी सम्पूर्णतयारी पूरा भएको संयोजक तिम्सिनाले जानकारी दिनुभयो ।

    पर्सि बिहीवार २२ गते उद्घाटन हुने महापुराण कथा प्रवचन दैनिक विहान ११ बजेदेखि ३ बजेसम्म, नित्य पूजा विहान ७ बजेदेखि १० बजेसम्म एवं रात्री जागरण साँझ ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने र उक्त महायज्ञ सब्य अनि भब्य रुपमा सम्पन्न गर्न कनकाई वडा न ६ का अध्यक्ष दीर्घबहादुर थापा, वडा न ७ का अध्यक्ष भीष्म भुषण सिटौलाका साथै दुबै वडाका अन्य जनप्रतिनिधिको नेतृत्वदायी भूमिका रहने गरी तयारी पूरा भएको आर्थिक संयोजक नेपालले जानकारी दिनुभयो ।

    महायज्ञ सम्पन्न गर्न झापाका सबै जसो स्थानीय तहको भुमिका रहने र यसको सहकार्यका लागि आफुले सक्दो प्रयास गर्ने कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले बताउनुभयो ।
    हिजो कनकाई नगरमा भएको छलफल नगर प्रमुख पोख्रेल , उप–प्रमुख आशा शर्मा शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, वडान १ का अध्यक्ष सुशीलकुमार पोख्रेल, वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं र ४ का अध्यक्ष रोशन सुवेदी वडा न २ का अध्यक्ष वलराम राईसमेतले महायज्ञ सफलता पूर्वक सप्पन्न गर्न आ–आफ्नो तर्फबाट लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै अन्तरक्रिया कार्यक्रममा राधिका फाउन्डेशनकि अध्यक्ष राधिका दासीले महायज्ञ सम्पन्न गर्न झापाका अन्य पालिका सबैमा समन्वय गरिदिन कनकाई नगर प्रमुख पोख्रेल समक्ष आग्रह गर्नुभएको थियोे ।
    महायज्ञ अन्तर्गत प्रत्येक दिन विहान ९ बजेबाट आसुतोष भगवान शिवशक्तिको विशेष पूजा–आरधनासहित महारुद्री महायज्ञ, नित्य हवन, बेद पाठपारायण, धनधान्याचल पूजन, गोपूजन एवं रात्रीकालीन जागरण लगायतका कार्यक्रम रहने महासचिव ओलिले बताउनुभयो।

    दैनिक श्रीमद् भागवत धनधान्याचल महापुराण एवं महारुद्राभिषेक, बेद एवं पूर्वीय वैदिक धर्मग्रन्थहरुको स्तोत्र पाठ हुने महायज्ञ सम्पन्न गर्न आर्थिक एवं विभिन्न रुपले सक्रियभई सहयोग गर्न आम जनसमुदाय समक्ष फाउन्डेशनकि अध्यक्ष राधिका दासीले सबैमा अपिल गर्नुभएको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.