बिर्तामोड । झापाको बिर्तामोडमा अङ्ग्रेजी विषय अध्यापन गराउने महिला शिक्षकाहरुको सम्मेलन हुने भएको छ।
नेपाल इङ्लिस ल्याङ्गोयज एसोसियसन (नेल्टा) को आयोजनामा नेपालमै पहिलोपटक सो कार्यक्रम हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईले यहि मंसिर २३ र २४ गते बिर्तामोडमा आयोजना हुने कार्यक्रममा जिल्ला भरिका ३ सय महिला शिक्षिकाहरु सहभागीता रहने बताए ।
फिमेल ईङ्लिस् टिचर्स कन्फरेस नाम दिइएको सो सम्मेलनमा शिक्षण सिकाई,उत्प्रेरणाका विषय समाबेश हुने उपाध्यक्ष केशब मैनालीले जानकारी दिए।
सम्मेलनमा अमेरिका बाट २ र नेपालका राष्ट्रिय प्रशिक्षकहरु ५ जना गरि ७ जना प्रशिक्षकले सम्मेलनको सहजीकरण गर्ने बताईएको छ।
नेल्टाका सल्लाहकार हेमन्तराज दाहाल, नेल्टाका बरिष्ठ उपाध्यक्ष प्रो. लक्ष्मण ज्ञवाली, युनिसेफकी शिक्षा बिशेषज्ञ बैशाली प्रधान, टोष्ट माटर्सकी अध्यक्ष एन्जीला बिष्टलगायत रहने अध्यक्ष भट्टराईले बताएका छन् ।
२०७२ सालमा झापामा अङ्ग्रेजी शिक्षकको संस्था नेल्टाले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण गतिविधि गर्दै आएको छ । सामुदायिक तथा संस्थागत बिद्यालय शिक्षिका सहभागी हुने छन् । नेल्टा झापाका सचिव टिका सुवेदीले संचालन गरेको कार्यक्रममा सदस्य केशव उप्रेती, प्रकाश पराजुलीलगायतको उपस्थिति रहेको थियो ।







