• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निर्वाचनमा हामीलाई प्रयोग नगर `बालबालिका ´


  •    संवाददाता/ शनिबार, कार्तिक २६, २०७९  

  • बिर्तामोड । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा बालबालिका तथा विद्यार्थीलाई प्रयोग नगर्न नगराउन जिल्ला बाल सञ्जाल झापाले अपील गरेको छ ।

    निर्वाचनका क्रममा कुनै पनि राजनीतिक कार्यक्रममा बालबालिका तथा विद्यार्थीको दलगत प्रयोग नगर्न नगराउन जिल्ला बाल सञ्जालले आज शनिबार लिखित अपीलमार्फत आग्रह गरेको हो ।

    मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विभिन्न राजनीतिक दलको चुनावी कार्यक्रम तथा भेलाहरुमा १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा विद्यार्थीलाई संगठित गर्ने, जुलुस तथा सभामा प्रयोग गर्ने गरेको देखिँदै आएको जनाउँदै उक्त कार्य तत्काल रोक्न सञ्जालले राजनीतिक दल तथा सरोकारवाला पक्षलाई आग्रह गरेको हो ।

    Advertisement

    आज शनिबार बालबालिका तथा शिक्षा सञ्चार मञ्चको सहकार्यमा तथा सम्बाद समूह झापाको सहयोगमा आयोजित ‘निर्वाचनमा बालबालिकाको प्रयोग न्यूनीकरणका लागि अपील’ विषयक अन्तरसंवाद कार्यक्रममार्फत् उक्त अपील गरिएको हो ।

    उक्त कार्यक्रममा सहभागी जिल्लास्थित विभिन्न पालिकाका बाल सञ्जालका प्रमुख तथा प्रतिनिधिले चुनाव प्रचार–प्रसारका ध्वनि यन्त्रहरु समेत विद्यालयहाता वरिपरि बजाइएको भन्दै आपत्ति जनाएका छन् । चुनावी प्रचारका सामग्रीबाट विद्यार्थीको पठनपाठन र शैक्षिक वातावरणमा प्रत्यक्ष असर परेको उनीहरुको ठहर छ ।

    Advertisement

    सञ्जालले निर्वाचनमा बालबालिका तथा विद्यार्थीलाई प्रयोग नगर्न र नगराउन तथा विद्यालयहाताको वरिपरि पढाईमा बाधा पूग्ने गरी चर्को ध्वनिका साथ चुनावी प्रचार प्रसार नगर्न नगराउन पनि राजनीतिक दल तथा संघ–संगठनहरुमा अपील गरेको छ ।

    बालबालिका ऐन २०७५ को दफा ६६ को उपदफा २ मा कुनै पनि राजनीतिक दलहरुले राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठित गर्ने वा बन्द हड्ताल, चक्काजाम गर्ने र जुलुस तथा सभाजस्ता कार्यमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएकोले उक्त ऐनको व्यवस्था कार्यान्वयनको लागि राजनीतिक दल तथा सरोकारवालाको सञ्जालले ध्यानाकर्षण गराएको हो ।

    बालबालिका ऐनमा उल्लेख गरे विपरीत कुनै पनि राजनीतिक दल संगठन वा व्यक्ति यस्ता कार्यमा बालबालिकाको प्रयोग गरे त्यसलाई कसुरको रुपमा मानी दफा ७२ मा ७५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्ष कैदको व्यवस्था गरेको समेत स्मरण गराएको छ ।

    कार्यक्रममा बालबालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल, जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्र, झापा गाउँपालिका बाल सञ्जालका अध्यक्ष निरञ्जन मैनाली, भद्रपुर नगर बाल सञ्जालका अध्यक्ष भावना पोखरेल, कमल गाउँपालिका बाल सञ्जालका अध्यक्ष विनोद थापा, शैशव मञ्च नेपाल झापाका अध्यक्ष टिकाराम बाँस्तोला, प्रवक्ता सन्देश दाहाल, कमल बाल सञ्जालका सचिव रञ्जना बस्नेत, जिल्ला बाल सञ्जाल सदस्य सौगात घिमिरेलगायतले जिल्लामा निर्वाचनका क्रममा देखिएका बालबालिकाको प्रयोग र न्यूनीकरणबारे आआफ्ना धारणा राखेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.