• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेल्टा झापाको शैक्षिक अन्तरक्रिया साथै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


  •    संवाददाता/ आइतबार, असोज १६, २०७९  

  • असोज १६ बिर्तामोड । नेपाल इंलिस ल्यागंवेज टिचर्स एशोसिएसन नेल्टा झापा ले बडादशैंको अवसर पारेर झापाका सामाजिक संघसंस्था र शैक्षिक सरोकारवालाहरुसँग शुभकामना आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
    शनिबार बिर्तामोड को इन्द्रेणी वैंकेट मा आयोजित कार्यक्रममा एकदर्जन बढी संघसंस्था तथा स्थानीय तहले नेल्टा को शैक्षिक कार्यक्रम गुणस्तरीय रहेको बताउँदै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कन्काई नगरपालिका का मेयर राजेन्द्र प्रसाद पोखरेलले शैक्षिक गुणस्तर सुधारका लागि नेल्टाले ल्याएको कार्यक्रम आफ्नो पालिकामा लागु गर्न तयार रहेको बताए। उनले बिगत देखि नै सहकार्य गर्दै आएको बताउँदै नेल्टा संस्था ले गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षक उत्पादन गर्ने काम मा महत्वपूर्ण भूमिका खेलीरहेको अनुभव सुनाए।
    बिर्तामोड नगरपालिका का उपमेयर नगेन्द्र प्रसाद संग्रौलाले नगरको शैक्षिक अवस्था सुधार्न नेल्टासंंग सहकार्य गर्ने बताए। उनले शिक्षकको पेशागत दक्षता अभिवृद्धि गर्न नेल्टाले खेलेको भूमिका प्रसंशनीय रहेको बताउँदै आगामी दिनहरुमा पनि थप सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।
    गौरादह नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई ले नेल्टाले संचालन गर्ने तालिम र कार्यशाला हरु बाट शिक्षकहरू गुणस्तरिय बनाउन सहयोग पुगेको आफुले महसुस गरेको बताए। उनले पालिका को कार्यक्रम मै नेल्टासंग गरिने आगामी कार्यक्रम उल्लेख गरेका थिए।
    बिर्तामोड नगरपालिकाका नगरशिक्षा प्रमुख तिल्चन भण्डारी, बुद्ध शान्ति गाउँपालिका शिक्षा प्रमुख कमल निरौला, प्याब्सन झापा सचिव हरिकृष्ण पाठक, एनप्याब्सन झापा का मोहन आचार्य, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन का अध्यक्ष सुमन शर्मा जमरकट्टेल , बिरता लेडी जेसिजका अध्यक्ष संगिता चिमरिया, सहारा नेपाल सहकारी संस्था का लेखा संयोजक उपेन्द्र प्रसाद ओली, झापा इनर्जी का सुवास भट्टराई, फास्टट्रयाक एजुकेशन कन्सल्टेन्सी का खड्ग ताम्ली, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, इक्यान झापा का नविन सिवाकोटी, बृटिस एजुकेशन इन्स्टिच्युट का वत्सल भट्टराई , नाट्टा का नविन खरेल हिमालय मा बि का प्रधानाध्यापक द्रोण कुमार श्रेष्ठ, दुर्गा मा वि का प्रधानाध्यापक कृष्णप्रसाद पाठक, , कविशिरोमणि मा बिका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारी , संचारकर्मी सरोज पौडेल लगायत ले आगामी दिनहरुमा नेल्टा संग आफ्नो क्षेत्र संग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
    नेल्टा का केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराई ले संस्था को परिचय गराएका थिए भने स्थापना कालदेखि हालसम्म गरेका कार्यक्रम र गतिविधि हरु प्रस्तुत गरेका थिए। सचिव टीका प्रसाद सुवेदी ले संचालन गरेको उक्त कार्यक्रममा सदस्य आशिष खड्का ले स्वागत र उपाध्यक्ष केशव मैनाली ले धन्यवाद ज्ञापन गरेका थिए। नेल्टा झापामा एक सशक्त शैक्षिक संस्था को रुपमा रहेको छ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.