भाद्र २७ बिर्तामोड । माध्यमिक विद्यालयको न्यूटस् बाल क्लबले बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित गरामनीको देवकोटा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । 
बाल क्लबले देवकोटा आधारभूत विद्यालयका करीब २सय २० जना विद्यार्थीहरुलाई कापी, कलम, इरेजर र चक्लेटहरु वितरण गरेको हो ।
विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको बिचमा बाल क्लबले शैक्षिक सामाग्री वितरण गरेको हो ।
औपचारिक कार्यक्रमको अध्यक्षता देवकोटा बाल क्लब अध्यक्ष रोशनी मिश्रले गरेकी थिइन् भने प्रमुख अतिथि न्यूटस् बाल क्लबका सचीव संस्कार भट्टराईको रहेको थियो । कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेलले शुभकामना राख्दै बालबालिकाको रचनात्मक कार्य प्रती प्रसंशा व्यक्त गर्दै ब्यबहारिक बन्न आग्रह गरेका थिए ।
देवकोटा आधारभूत विद्यालय व्यवस्थापन समिती अध्यक्ष बालकृष्ण कार्की, प्रध्यानाध्यापक बत्तीसलाल राजवंशी लगायतको उपस्थिति रहेको कार्यक्रममा न्युटन बाल क्लबका फोकल पर्सन मिनु सिवाकोटी प्रष्ट पारेकी थिईन । अघिल्लो बर्षमा विद्यार्थीले प्रयोग गरेका नोट कपि लेखेर रहेका पानालाई संकलन गरि नयाँ कपि निर्माण गरिएको थियो ।
विद्यार्थीले यसरी संकलन गरिएको पेपरबाट १ सय ६० पृष्ठको कपि निर्माण गरिएको नयाँ कपि प्रत्येक बर्ष अन्य बालबालिका लाई बितरण गरिदै आएको फोकल पर्सन शिवाकोटीले बताइन् ।

कार्यक्रमको संचालन देवकोटा आधारभूत विद्यालयका बाल क्लब फोकल पर्सन कृष्ण कार्कीले गरेका थिए ।







