बिर्तामोड । बुधबारे ३ स्थित बुधबारे चौक पश्चिममा रहेको महानन्द शिक्षा सदन विद्यालयले बाल क्लबको गठन गरेको छ । 
विद्यालयको सभा हलमा सम्पन्न उक्त बाल क्लबले डिम्पल खतिवडाको अध्यक्षतामा १५ सदस्य समिती गठन भएको हो ।
क्लबको उपाध्यक्षमा आयुष्का निरौला, सचिवमा स्वर्णिम श्रेष्ठ, उप–सचिवमा संस्कार पोखरेल र कोषाध्यक्षमा रोहन दाहाल रहेका छन् भने सदस्यहरुमा देवान बुढाथोकी, सोनालिका ढकाल, मल्बिका श्रेष्ठ, हंसिका मगर, अप्सरा रवान, जुनू चौहान, अदिती लुइँटेल, दीपा सुवेदी, मञ्जरी सुब्बा र अग्नी तामाङ आदी रहेका छन् । 
विद्यार्थीहरुले आफ्नो क्लबको नाम महानन्द बाल क्लब राखेका छन् भने उनीहरुले आफ्नो फोकल पर्सन पनि आफैं छनोट गरेका छन् । विद्यार्थीहरुले आफ्नो फोकल पर्सन रुपमा शिक्षक नकुल संग्रौला लाई छनोट गरेका यस्तै संरक्षक विद्यालयका प्रधानाध्यापक भिम बहादुर श्रेष्ठ रहेका छन् । 
बालवालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलको सहजिकरणमा क्लबको गठन भएको हो । सहजकर्ता पौडेलले विद्यार्थीहरुलाई बाल क्लबको आवश्यकता र महत्त्व बारे प्रशीक्षण पनि दिएका थिए ।







