• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिकामा देखियो एडिन‍ो भाइरस


  •    संवाददाता/ शनिबार, साउन १४, २०७९  

  • केही दिनअघि कान्ति बाल अस्पतालको ओपीडीमा ज्वरो आउने, आँखा पाकेर रातो हुने, खोकी लाग्ने लक्षण भएकी ११ महिनाकी बालिकालाई जाँचका लागि ल्याइयो । उनका लक्षण एडिनो भाइरसको लक्षणसँग मिल्दाजुल्दा थिए ।

    बालबालिकाहरुमा यस्तै प्रकारका लक्षण देखिएमा ती एडिनो भाइरसको लक्षण हुन सक्ने बताउँछन् अस्पतालका पेडियाट्रिक पल्मोनोलोजिस्ट डा. जगत जीवन घिमिरे । ‘यो भाइरस नयाँ भाइरस भने होइन,’ उनले भने,‘यो भाइरस अहिले धेरैजसो बालबालिकामा देखिन थालेको छ । अभिभावकहरु यो नयाँ बिराम आयो भनेर आत्तिएका पनि छन् तर त्यो होइन । यो समस्या देखिँदै आइरहेको हो ।अहिले भने अलि धेरै देखिएको हो ।’
    करिब दुई हप्तादेखि कान्ति बाल अस्पतालमा यो भाइरसको लक्षण लिएर बालबालिकाको संख्या बढ्दो छ । अस्पतालले यो भाइरसको आशंका गर्दै साउन ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १३ वटा स्वाबहरु परीक्षणका लागि पठाएको थियो जसमा १२ वटामा यो भाइरस पुष्टि भएको थियो ।

    Advertisement

    डा. घिमिरेका अनुसार यो भाइरसको संक्रमण सबै उमेर समूहमा हुन सक्ने भएपनि ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकामा बढी देखिन्छ ।

    Advertisement

    के हो एडिनो भाइरस ?

    एडिनो भाइरस एक भाइरसको समूह हो जसले आँखा, फोक्सो नली, आन्द्रा, पिसाब नली, स्नायु प्रणाली आदिमा संक्रमण गराउन सक्छ ।

    यो संक्रमण सबैलाई हुन सक्ने भएपनि बालबालिकामा बढी देखिन्छ । १० वर्ष उमेर अघि नै कम्तिमा यो भाइरसको कुनै एक लक्षण देखिइसकेको हुन्छ । यो भाइरसको यही नै मौसममा सर्ने भन्ने हुँदैन । यो संक्रमणमा सामान्य लक्षणहरु आउँछन् र केही दिनमा निको भएर पनि जान्छन् । तर रोगप्रतिरोधी क्षमता कम भएका बालबालिकामा यो जटिल हुन सक्छ ।

    यो भाइरस समूहमा हुने बालबालिकामा छिटो सर्न सक्छ जस्तै डे–केयर सेन्टर, विद्यालय आदिमा भाइरस छिटो सर्न सक्ने हुन्छ । यो भाइरस संक्रमण भएका कसैले खोकेमा वा हाँच्छयु गरेमा सजिलै सर्न सक्छ । भाइरस सरेको खेलौना वा अरु केही वस्तु बच्चाले छोएमा यो सर्न सक्छ । बालबालिकाहरुले आफ्ना हात मुख र आँखामा लगिरहने हुनाले पनि छिट्टै सर्ने सक्ने सम्भावना हुन्छ । ज्वरो, खोकी, घाँटी दुखाइ, झाडापखाला र आँखा रातो हुने प्रमुख लक्षणहरु हुन् ।

    के के हुन सक्छन् लक्षण ?

    ज्वरो आउनु,
    आँखा दुख्नु र रातो हुनु
    नाकबाट पानी बग्नु
    खोकी लाग्नु
    कान दुख्नु
    झाडापखाला हुनु
    टाउको तथा पेट दुख्नु
    उल्टी(बान्ता) हुनु
    घरीघरी पिसाब लाग्नु
    पिसाब पोल्नु र पिसाबमा रगत देखिनु
    निमोनिया हुनु आदि ।
    किड्स हेल्थ डटकमका अनुसार यो भाइरसको संक्रमण देखिएपछि दुई दिन वा दुई हप्तासम्म लक्षण रहन सक्छ । चिकित्सकका अनुसार यदि लक्षण देखिएमा घरमै स्याहार गर्ने र जटिल अवस्था देखिए तुरुन्त विशेषज्ञलाई भेट्नुपर्छ । यदि बच्चालाई सास फेर्न गाह्रो भएमा, आँखा वरिपरि सुन्निएमा, ज्वरो नघटेमा तुरुन्त अस्पताल लगिहाल्नुपर्छ ।

    बच्चाहरुमा यो संक्रमण देखिए केही दिनमै निको हुन सक्छ । केही लक्षण जस्तै आँखा रातो हुने, निमोनिया हप्ता वा हप्तादिन भन्दा बढी पनि लाग्न सक्छ ।अधिकांश घरमै निको हुन सक्ने भएपनि रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकाहरुलाई अस्पतालमा उपचार गराउने आवश्यकता पनि आउँछ ।

    डा. घिमिरे भन्छन्, ‘यो भाइरसको संक्रमण भएपछि बच्चाहरुलाई ज्वरो अलि बढी आउने, निको हुन समय लाग्ने, खोकी लाग्ने, खोकी पनि २ देखि ३ हप्तासम्म घ्यारघ्यार हुने हुन सक्छ।’ उनका अनुसार समस्या देखिएमा झोल कुरा दिने, प्रशस्त पानी खुवाउने, ज्वरोको औषधि दिने गर्नुपर्छ । ‘जटिल भए सिभियर निमोनिया हुन सक्छ । मुटुरोग, छातीरोग, बोन म्यारो ट्रान्सप्लान्ट गराएका, क्यान्सर लागेका रोग प्रतिरोधी क्षमता भएका बालबालिकालाई यसले जटिल बनाउन सक्छ,’ उनले भने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.