बिर्तामोड । डाइनमिक क्लवको नेतृत्वमा एक दर्जन संस्थाले इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यलाई विदाई गरेका छन् । उदयपुर सरुवा भएका डिएसपी आचार्यलाई एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।
होटल ग्राण्ड प्यासिफिकमा आयोजित कार्यक्रममा डायनमिक क्लव बिर्तामोड, लायन्स क्लव, होटल ग्राण्ड प्यासिफिक, झापा टेलरिङ व्यवसायी संघ, शिखर साकोस, वीरता लेडी जेसीज, लियो क्वल, वीरता जेसीज, नेपाल औषधि व्यवसायी संघ झापा, छठ पुजा सेवा समिति, मुक्तिनाथ विकास बैंक र गरिमा मल्टिप्रपोजले संयुक्त रुपमा आचार्यलाई सम्मान गर्दै विदाई गरेको छ ।
१३ महिना बिर्तामोड रहेर यहाँको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको डाइनमिक क्लवका अध्यक्ष एवम् बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले जानकारी दिए ।
यसअघि हरेक डिएसपीको स्वागत र विदाई बिर्तामोड वाणिज्य संघको मुख्य आयोजनासहित अन्य संघसंस्थाले गर्दै आएको थियो । संघमा कार्यक्रम गर्ने सहमति नभएपछि अन्य सामाजिक संघ संस्थाले संघ बाहिर रहेर सम्मान तथा विदाई गरेका हुन् ।







