बिर्तामोड १२ चैत । झापा बिर्तामोड नगरपालिका वडा नम्बर २ बाट एकै दिन १ सय ३३ जना एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले बिर्तामोड नगरपालिका वडा नम्बर २को आयोजनामा शनिबार एक कार्यक्रमका बिच नेकपा एस, माओवदी, रा.प्र.पा. लगायतबाट पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।
नव प्रवेशिलाई एमाले प्रदेश कमिटी सचीव चिन्तन पाठक ,सदस्य पबित्रा महतरा प्रसाईं ,एकराज कार्कीले पार्टीको टिकट प्रदान गर्दै स्वागत गरेका थिए ।
कार्यक्रममा नगर कमिटी अध्यक्ष सुभाष भट्टराई लगायतले नव प्रबेशीलाई स्वागत गरेका थिए ।
शर्मिला राजबंशीको नेतृत्वमा उनिहरुलाई पार्टी प्रवेश गराईएको नगर कमिटी सदस्य किशोर पौडेलले जानकारी दिए ।
Advertisement







