बिर्तामोड चैत्र ९ । बिर्तामोड ८ स्थित गरामनीमा ब्याक्तित्व बिकास तथा माईन्यूट लेखन तालिमको एककार्यक्रमका बिच समापन गरिएको छ ।
गत चैत्र ६ गरे बाट ग्रिन मिडियाको आयोजना तथा समय संजाल मिडियाको समन्वय र बिर्तामोड नगरपालिकाको सहयोगमा ४५ जना महिला पुरुष सहभागी रहेका थिए ।
वडा भित्र रहेका १५ वटा टोल बिकास समितिका १/१ महिला पुरुष र जनप्रतिनिधिले सहभागीता जनाएका थिए ।सहिद स्मृति भवन गरामनीमा आयोजित कार्यक्रममा कार्यक्रम संयोजक बिष्णु भट्टराईको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा उप प्रमुख पवित्रा महतरा प्रसाई,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारी ,खेलकुद समिति अध्यक्ष टीका संग्रौला एमाले नगर कमिटी अध्यक्ष सुभाष भट्टराईले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रशिक्षार्तीहरु सरस्वता थपलिया,अनिल अधिकारी,गंगा मिश्र लगायतले तालिम बाट प्राप्त गरेको अनुभव सुनाएका थिए ।
कार्यक्रम एमाले बिर्तामोड नगर सह इन्चार्ज उमेश खतिवडा ,सचीव शेखर कडेल,बद्री भट्टराई ,जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।युवराज गौतमले संचालन गरेको तालिमको सहजीकरण सन्तोष आचार्य ,गणेश पोख्रेल ,जय तिम्सिना ,टीका सुवेदी सरोज पौडेल लगायतले सहजीकरण गरेका थिए ।







