बिर्तामोड २७। बिर्तामोड नगरपालिकामा आजदेखी हात्ती पाइले रोग विरुद्धको औसधि खुवाउने अभियानको सयुक्त रूपमा जनप्रतिनिधि तथा कर्मचारीहरुले औसधि सेवन गर्दै कार्यक्रमको शुभारम्भ गरिएको छ ।
नगर प्रमुख ध्रुब कुमार शिवाकोटी उप प्रमुख पबित्रा महतरा प्रसाईं ,प्रमुख प्रशासकीय अधिकृत बिनोद न्यौपाने, शिक्षा प्रमुख तिलचन भण्डारी लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले रोग विरुद्धको औषधि सेवन गर्दै कार्यक्रमको थालनी गरेका छन् ।
फाल्गुन २८ गते देखि प्रत्येक वडाबाट खटिएका स्वास्थ कर्मचारीहरुबाट हात्ती पाइले रोगको औषधि घरघरमा पुगेर खुवाउने अभियान संचालन हुँदै छ ।
Advertisement







