बिर्तामोड ११ झापा । पत्रकार गोपाल काफ्लेलाई नेकपा एमाले झापाको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
एमाले झापाको बुधबार बसेको वैठकले काफ्लेलाई एमाले झापाको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
पत्रकार काफ्ले चौतारीका केन्द्रीय सदस्य, एमाले झापाका जिल्ला सदस्य हुन् । पत्रकारिता विषयको प्राध्यापक उनी यसअघि एमाले जिल्ला अधिवेशनबाट खुल्ला सदस्य पदमा निर्वाचित जिल्ला सदस्य हुन् ।
Advertisement







