बिर्तामोड ११ । अस्पतालबाट घर जानेक्रममा अट्टोमा छोडिएको नगद सहित महत्त्वपूर्ण सामाग्री अट्टो चालक यादब राईले सम्बन्धित ब्यक्तिलाई फिर्ता दिएका छन् ।
अट्टो चालक राईले नगद १ लाख सहित ल्याब्टब र महत्त्वपूर्ण सामाग्री बिर्तामोड स्थित मनमोहन सामुदायिक अस्पताल बाट घर फर्कने क्रममा अट्टोमै छोडिएको सो सामान फिर्ता दिएका हुन् ।
पुर्बेली अटो मजदूर यातायात प्रा.लि. समन्वय तथा जिल्ला ट्राफिक कार्यालय बिर्तामोडको रोहबरमा रमेश झा लाई हस्तान्तरण गरिएको सहजकर्ता कैलाश प्रसाईले बताए ।
छोडिएको वा भेट्टाएका सामाग्री नगद कम ब्यक्तिले मात्र फिर्ता दिने गर्छन् तर राईले देखाउने इमानदारीता मनन योग्य छ।
Advertisement







