• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गिरी र भण्डारी माथी प्रसाईंले लगाएको आरोपबारे छानबिन गर्न प्रेस चौतारीको माग (बिज्ञप्ती सहित)


  •    संवाददाता/ बिहिबार, माघ २७, २०७८  

  • २७ माघ, बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बि एण्ड सि अस्पतालले गत माघ १९ गते एउटा पत्रकार सम्मेलन गरेको थियो । त्यो भन्दा अघिल्लो दिन सेतोपाटी डटकममा प्रकाशन भएको समाचारको खण्डन गर्नकालागि आयोजीत पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अब पत्रकारका विरुद्धमा उत्रने भन्दै पत्रकार सम्मेलन मार्फतनै चेतावनी दिए ।

    पत्रकार सम्मेलन सकेर बाहिर निस्कने क्रममा प्रसाईले पछिल्लो समय आफुलाई र आफ्नो व्यवसायमा सहयोग नगरेको भन्दै २ जना पत्रकारमाथी आक्रोस पोखे ।

    Advertisement

    नामनै किटान गरेर उनले आफुबाट आर्थीक लाभ लिएको भन्दै आक्रोस पोखेका थिए । उनले पत्रकार महासघं झापाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरी र सोहि सञ्चार गृहमा काम गर्ने नेपाल पत्रकार महासघं एक नं प्रदेश समितीका कार्यसमित सदस्य पत्रकार सुरेन्द्र भण्डारीको नामनै तोकेर आरोप लगाए । उक्त घटना झापाको पत्रकारिता जगतमा अहिले खैलाबैला भइरहेको छ ।

    Advertisement

    प्रसाईको भनाईपछी पत्रकार महासघं झापाले प्रसाईका विरुद्धमा प्रेस विज्ञप्ती प्रकाशन गरेको थियो । तर उक्त बिज्ञप्ती प्रसाईले अब पत्रकारका विरुद्धमा लाग्ने भन्नेबारेमा दिइएको अभिव्यक्तिमा मात्रै केन्द्रित थियो ।

    विज्ञप्तीमा महासघंका सचिव डिकेस लामाले हस्ताक्षर गरेका थिए । तर अध्यक्ष गिरी र प्रदेश सदस्य भण्डारीका बारेमा बोलेको अभिव्यक्तिका बारेमा भने महासघंको त्यो विज्ञप्तीमा केहि पनि उल्लेख गरिएको थिएन । जिल्लाबाट बिज्ञप्ती प्रकाशन भएको केहि समयपछि महासघंको केन्द्रले पनि सोहि व्यहोराको विज्ञप्ती प्रकाशन गर्यो ।

    त्यसमा पनि पनि गिरी र भण्डारीलाई प्रसाईले लगाएको आरोपको कुनै खण्डन थिएन । यस्तै यसको भोलीपल्ट महासघंको प्रदेश एक कमिटीले पनि सोहि व्यहोराको बिज्ञप्ती प्रकाशन गरेको थियो ।

    यता प्रेस चौतारी झापाले भने आरोपित पत्रकार द्वय गिरी र भण्डारी माथी लागेको आरोप बारे छानबिन गर्न माग गर्दै आज एक प्रेस बिज्ञपति जारी गरेको छ ।


    प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले हस्ताक्षर गरेको बिज्ञप्तीमा भनिएको छ ‘ पत्रकारिता जगतको प्रतिष्ठा नै धमिलो बनाउने, प्रेस क्षेत्रको गरिमालाई तासेर पातलो बनाउने गरी शाखा अध्यक्ष गिरी पत्रकार भएको नाताले विना कामको नै तीन वर्षसम्म हस्पिटलबाट पैसा लिएको र प्रदेश सदस्य भण्डारीलाई घर बनाइ दिएको भन्ने हस्पिटलका निर्देशक प्रसाईको आरोप बीचमा भएको सत्य तथ्य छानविन र दोसी पहिचान गरी कार्वाही गर्न जोडदार माग गर्दछौ ।

    यसमा पत्रकार महासंघका नेतृत्वबाट आफ्नो अध्यक्ष तथा पूर्वाअञ्चल पत्रिकाको सम्पादक पदको दुरुपयोग गरि गिरी र पत्रकारिता र महासंघको प्रदेश समिति सदस्य रहेका भण्डारीबीच भएको घटनाको तत्काल नेपाल पत्रकार महासघं केन्द्रिय समिति र प्रेस काउन्सिलबाट छानविन गरि सत्यतथ्य बाहिर ल्याउन जोडदार माग गर्दछौ । यदी पत्रकारिताको वदनाम गर्न सञ्चालक प्रसाईले झुटा अभिव्यक्ति दिएको हो भने यस्तो बिषयमा पत्रकारिता पेशालाई सम्मान गरी पुन यस्ता अभिब्यक्ती सच्याउन माग गर्दछौ । ’

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.