• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

किसानले पाउदैनन् आफ्नो उत्पादन बिक्री गर्न, बिचौलियाको घेरा भित्र ब्यबस्थापन


  •    संवाददाता/ आइतबार, माघ ०९, २०७८  

  • झापा । बिर्तामोड–५ स्थित कृषि बजार ब्यवस्थापन समितिले व्यवसायीको हकहितमा काम गर्न नसकेकोको र बिचौलियाको हातमा गएको व्यापारीले आरोप लगाएका छन् । समिति स्थानीय भन्दा आयातीत ब्यापारमुखी भएको र कृषकका नाममा धनाड्यले ब्यापार गर्ने केन्द्र बनेको व्यावसायिले आरोप लगाएका हुन्।

    व्यवस्थापन समितिले सिन्डीकेट लगाएर आफुखुसीका व्यापारीलाई सटर तथा गोदाम घर बेच्ने गरेको उनीहरुको भनाई छ ।

    Advertisement

    केही बर्षअघि कृषिजन्य बस्तु बेचविखनका लागि समितिले निर्माण गरेको कृषि चौतारीमा समेत सामानहरु राखेर बेच्न नपाएको थोक बिक्रेताले जनाएका छन् ।

    Advertisement

    बजारभित्र खुद्रा काउन्टर भएपनि होलसेल ब्यापार गर्न त्यहाँ असहज भएको र बाहिर समितिले निर्माण गरेको चौतारी तथा खुल्ला स्थानमा पनि ब्यापार गर्न समितिले रोक लगाएको तरकारी ब्यवसायी बिर्तामोड–५ का सोमबिक्रम बोहोराले बताए ।

    ‘म ४ बर्षदेखि होलसेल व्यापार गर्दै आएको छु्’ बोहोराले भने ‘तर मैले व्यापार गर्न ठाउँ पाएको छैन ।’ भारतीय तरकारी सामाग्री बिक्री वितरणका लागि समितिले ठाउँ दिएको बताउँदै उनले भने ‘हामी स्थानीयस्तरमा उत्पादन भएका सागशब्जी कोपी, टमाटर, साग, आलु, बन्दालगायतका कृषिजन्य सामाग्री बिक्री गरिरहेका छौं, तर, हामीलाई ठाउँ दिएको छैन ।’

    भारतीय तरकारीलाई ठाउँ दिएको आफुहरुले इलाम, पाँचथर, ताप्लेजुङसहित झापाका बिभिन्न स्थानबाट ल्याएको तरकारीहरु बेच्न स्थान नदिने गरेको उनको भनाई छ ।

    अर्का होलसेल ब्यापारी मदन अधिकारीले निरन्तर रुपमा व्यवसाय गरिरहेका ब्यापारीलाई ब्यापार अनुसारको बिक्री बितरणका लागि ठाउँ उपलब्ध गराउनु पर्ने माग गरेका छन् । कृषिथोकमा अहिले खुल्ला रहेको जमिनमा पहाडबाट ल्याइएको तरकारी बिक्री वितरण गर्न पाउनु पर्ने उनको माग छ । भारतीय ट्रकले ल्याएका कृषिजन्य सामाग्री बिक्रीवितरण गर्न समस्या नभएता पनि नेपाली उत्पादनलाई असहज भएको उनीहरुले गुनासो गरे।

    बर्षौदेखि तरकारी व्यवसाय गर्दै आएका २५ देखि ३० जना व्यापारीलाई स्थान समितिले उपलब्ध नगराएको आरोप लगाउँदै कृषिथोक बजारमा अन्य व्यवसाय जस्तै ग्यास, प्लाष्टिक, किराना पसललगायत सञ्चालन गरेकोप्रति आपत्ति जनाएका छन् ।

    ‘जुन व्यवसायका लागि कृषिथोकको स्थापना भएको छ’ व्यवसायी खगराज कट्टेलले भने ‘उनीहरुलाई ठाउँ नदिएर अन्य व्यवसायलाई दिनु कतिको न्याय होला रु’

    कृषिथोकमा बर्षौदेखि सटर तथा गोदाम बिक्री भइरहेको बताउँदै नागरिकता नभएका भारतीय नागरिकलाई आश्रय दिएको उनीहरुले आरोप लगाएका छन् ।

    समितिकै मिलेमत्तोमा आफुखुसी व्यापारीहरुले संरचना समेत निर्माण गरिरहेको उनीहरुको आरोप छ । साथै आफुहरुको समस्याको बिषयमा समितिका अध्यक्ष पौडेल जानकार हुँदाहुँदै पनि कुनै ठोस कदम नचालेको तथा आफुहरुको कुरै सुन्न नचाहेको उनीहरुले बताएका छन् ।

    समितिले यसको सहि समाधान नगरे आफुहरु संघर्ष गर्नपनि पछि नपर्ने व्यापारीले बताएका छन् ।

    यता कृषि बजार ब्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर पौडेलले आफु निर्वाचित भएको एक बर्ष मात्र भएको बताउँदै तर, यो समस्या बर्षौदेखिको भएको बताएका छन् । उनले सटर बिक्री गर्न नपाइने बताए । तर, जसको नाममा सटर तथा गोदाम छन् उनीहरुको नातेदार बताए र अन्यले सटर तथा गोदाम चलाएको भन्ने जवाफ आउने गरेकाले समस्या उत्पन्न भएको बताए ।

    ‘समितिले कुनैपनि सटर तथा गोदाम बिक्री गर्न कसैलाई अनुमति दिएको छैन’ अध्यक्ष पौडेलले भने ‘तर सटरबालाको भाई, बुहारी, भतिज, भाञ्जी हौ भनेर पसल सञ्चालन गरिरहेकाले हामीलाई पनि समस्या भएको छ ।’

    कृषिथोक बजारमा ३ सय १४ वटा सटर तथा गोदाम रहेको उनले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.