• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारा जेसिज २०२२ को अध्यक्षमा कुँवर


  •    संवाददाता/ आइतबार, माघ ०९, २०७८  

  • अर्जुनधारा । अर्जुनधारा जेसिजकाे १०औ वार्षिक साधारण सभाबाट भीम बहादुर कुँवर (राजु) वर्ष २०२२ का लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । अध्यक्षका अर्का उम्मेदवार रोवक थापाले मनोनयन फिर्ता लिन सहमत भएपछि कुँवर सर्वसम्मत भएका हुन् ।

    त्यसैगरी जेसीजका २ कार्यकारी उपाध्यक्ष , ४ उपाध्यक्ष पदमा पनि सर्वसम्मत भएको छ । दुई कार्यकारी उपाध्यक्ष पदका लागी चार जनाको उम्मेद्वारी परेकोमा विमला भट्टराई र प्रेमकुमार खड्का चयन भएका छन् । कार्यकारी उपाध्यक्षका अर्का प्रत्यासी निशा तामाङले छाडेपछि भट्टराईलाई कार्यकारी उपाध्यक्ष बन्ने बाटो खुलेको थियो ।

    Advertisement

    त्यसैगरी अर्का उम्मेदवार बालगोपाल गौतमले मनोनयन फिर्ता लिएर मार्ग प्रशस्त गरिदिएपछि कार्यकारी उपाध्यक्षमा प्रेमकुमार खड्का निर्विरोध चयन भएका छन् ।

    Advertisement

    त्यस्तै ४ उपाध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेकोमा उम्मेदवार भक्तबहादुर गोदारले मनोनयन फिर्ता लिएपछि सहमति जुटेको छ । जसमा प्रजित थापा, निता संग्रौला , प्रदिप लिम्बू र केशव थापा निर्विरोध भएका छन् ।

    यसैगरी महासचिवमा वरुणकुमार माझी , कोषाध्यक्षमा बालगोपाल गौतम, सहकोषाध्यक्षमा भक्तबहादुर गोदार, सचिवमा सोना गेलाल, सहसचिवमा विशाल भण्डारी , कानुनी सल्लाहकारमा वसन्त बुढाथाेकी , प्रकरण निर्देशकमा दिपेश पनेरु, पिआरओमा वेदनारायण गोदार, तालिम संयोजकमा भवानी बराल, रक्तदान संयोजकमा परिक्षण ढकाल र बाल संयोजकमा दिप्जल राईलाई अध्यक्ष कुँवरले मनोनित गरेका छन् ।

    अधिवेशनबाट निर्विरोधरुपमा निर्वाचित सन् २०२२ का अध्यक्षलगायत पदाधिकारीहरुको पद हस्तान्तरण आउँदो माघ १७ गते गर्ने निर्णय भएको वर्ष २०२२ का कार्यकारी उपाध्यक्ष प्रेमकुमार खड्काले जानकारी दिएका छन् ।

    यसैगरी निर्विरोध चयन भएका पदाधिकारीको घोषणा सभामा संस्थापक अध्यक्ष इन्दिवर खड्का, पूर्वअध्यक्षहरु शार्दूल ओली, टिआर गौतम, प्रल्हाद ढुंगाना, अजयकुमार देव, अध्यक्ष पदका प्रत्यासी रोवक थापा, सन् २०२१ का अध्यक्ष जीवन खनाल लगायतले शुभकामना दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.