• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पर्यटकिय हव बन्दै ‘हेप्पी ड्रिम्स चेप्टी ’


  •    संवाददाता/ आइतबार, पुष १८, २०७८  

  • झापा । ईलामको माई नगरपालिका २ स्थित चेप्टीमा निर्माण भईरहेको “हेप्पी ड्रिम्स चेप्टी ” पार्क पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने क्रममा रहेको छ ।  मुख्यगरी आन्तरीक पर्यटनको प्रर्वद्धनको उदेश्य राखी सञ्चालनमा आएको पार्कमा टिकट बिक्री खुल्ला भएकै दिन करीव १ हजार पर्यटकहरुले अवलोकन गरेका छन् ।

    झापा कनकाईमा रहेको हेप्पी ल्याण्ड फनपार्कका पूर्व संचालक समेत रहेका पर्यटन व्याबसायी दिनेश शिवाकोटीले संचालनमा ल्याएको पार्कको ४० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भएको छ । दुईसय रोपनी क्षेत्रफलमा फैलिएको निर्माणाधिन हेप्पी ड्रिम्समा एक अर्वको लागत लाग्ने अनुमान गरीएको छ । पार्कमा हालसम्म ३२ करोड लगानी भइसकेको परियोजनाका सञ्चालक शिवाकोटी बताउँछन् ।

    Advertisement

    झापाको बिर्तामोडदेखि अनुमानित २५ किलोमिटर दुरीमा रहेको यस पार्क रमणीय स्वच्छ बताबारण, माई खेलाको किनार ,चुरे पहाड र झोलुङगे पुल का कारण आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सञ्चालकको भनाई छ ।

    Advertisement

    हेप्पी ड्रिम्स चेप्टीमा पानी जहाज, जीपलाइन, डुङ्गा सयर, हेलिकप्टर, विभिन्न प्रकारका पिंङ, सेल्फी डाँडा, घोडचडी, नमुना आकर्षक हिमाल, हिमलबाट बग्ने झरना, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु ड्राइगन,लगायतका संरचनाहरु बनाईएको छ । आगामी दिनमा केवलकार समेत सञ्चालन गर्ने योजना रहेको छ ।

    बिकासको दृष्टिकोणबाट पछि परेको जस्तो देखिने यस क्षेत्रमा परियोजना शुरु पश्चात स्थानीयहरुले विकासको महशुष गर्न थालेका छन् । स्थानीयस्तरमै रोजगारीको सिर्जना भएपछि सर्वसाधारण उत्साहित बनेका छन् । प्रति रोपनी डेढ लाखसम्म् बिक्री नहुने अवस्थामा रहेको जमिनको मूल्य बढेर १२ लाखसम्म पुगेको स्थानीयको भनाई छ ।

    मिराकल पार्कलाई समेत बिर्साउने पार्क निर्माण गर्ने अवधारणासहित आगामी दिनमा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उक्त परियोजना सुरु गरिएको सञ्चालक शिवाकोटी बताउँछन् ।

    हाल यहाँ खान र बस्नको लागि रिसोर्टको निर्माण कार्य भईरहेको छ । प्रदुषण रहित स्वच्छ वातावरण र माईखालाको बतास, जंगल, खोल्साको चिसो ओसले गर्मी महिनामा यहाँ पुग्नेको मनै आनन्दीत बनाउनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.