१८ कार्तिक, बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रीक बचत तथा ऋण सहकारी संस्थाले गरामनी सेवा केन्द्रमा ११ औं बार्षिक साधारणसभाका लागि प्रतिनिधि छनौट गरेको छ ।
सेवा केन्द्रले शनिवार गरामनीमा मंसिर २५ गते हुने मुख्य साधारणसभाका लागि तयार पारेको संस्थाको प्रगति प्रतिवेदनसमेत प्रस्तुत गरेको थियो ।
कार्यक्रममा वडा सदस्य दिपक भट्टराई, कृष्ण काफ्ले, मीन अधिकारी रणबहादुर मगर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Advertisement
लिला मुखियाको अध्यक्षता रहेको कार्यक्रमको स्वागत शाखा प्रमुख कल्पना भट्टराईले गरेकी थिइन् ।शाखाको नाफा ९ लाख र सदस्य ७ सय २ पुगेको प्रमुख भट्टराईले जानकारी दिइन्







