झापा । पुर्बेली मजदुर यातायात प्रा.लिले नव निर्वाचित एमाले बिर्तामोड नगर कमिटीका पदाधिकारीलाई बधाई तथा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ।
छैठ पर्वको अवसर पारेर एमाले निकट भातृ संगठन नेपाल ट्रेड युनियन मजदुर यातायातले नगर कमिटीका निर्वाचित अध्यक्ष सुभाष भट्टराई ,उपाध्यक्ष पुस्पा दाहाल ,सचीव शेखर कडेल, उप सचिब मदन बुढाथोकी सदस्य कोशिष घिमिरे ,उदय संखर शाहा लगायत लाई एक कार्यक्रमका बिच बधाई तथा शुभकामना दिएको हो।
मजदुर लाई पार्टी र नेतृत्वले सदैब प्रयोग मात्र गरेको र मजदुरका समस्यामा पार्टीले खासै सहयोग र समन्वय नगरेको गुनासो राखेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले मजदुरका समस्यालाई साझा समस्या रुपमा लिएर पार्टीले हल गर्ने प्रतिबद्धता ब्यक्त गरे । यस्तै उनले हरेक गतिविधि र नीति निर्माणमा मजदुर सहभागीता रहने घोषणा गरेका छन् ।
कार्यक्रममा क्षेत्रीय समिति सदस्य अफ्रोज खान ,जिल्ला सदस्य प्रबिन पोख्रेल ,अट्टो मेकानिक ट्रेड युनियन नगर कमिटी अध्यक्ष डिल्ली थापा ,जनप्रतिनिधि किशोर पौडेल लगायतको उपस्तिथि रहेको थियो ।
मजदुर संघका कोषाध्यक्ष तिर्थराज खरेलको रहेको कार्यक्रममा अध्यक्ष हरि बास्कोटाले प्रष्ट पारेको कार्यक्रमको संचालन सचीव गणेश कोइरालाले गरेका थिए।







