• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमालेको पालिका अधिवेशन आज, बिर्तामोडमा ८ आकांक्षी


  •    संवाददाता/ मङ्गलबार, कार्तिक ०९, २०७८  

  • ९ कार्तिक, बिर्तामोड । आज कात्तिक ९ गतेका लागि तय गरिएको नेकपा एमालेको बिर्तामोड नगर अधिवेशनमा नगर अध्यक्ष पदका लागि ८ जना आकांक्षी देखिएका छन् ।यद्यपि जसरी पनि सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी छ ।

    शुरुमा ९ जना आकांक्षी देखिएका थिए । त्यसमध्ये एकजनाले अध्यक्ष पदको आकांक्षा छोडेका छन् । शेखर कँडेलले सचिव पद पाए नगर अध्यक्षमा दावी नगर्ने बताएका हुन् । त्यसबाहेक एमालेको बिर्तामोड नगर अध्यक्ष पदका लागि सुवास भट्टराई , नगेन्द्रप्रसाद संग्रौला , उमानाथ ओली , नन्दलाल खरेल , भिष्मराज खरेल ,कृष्णप्रसाद मिश्र , मोहन शिवाकोटी र दुर्गाप्रसाद सिग्देल आकांक्षी देखिएका हुन् । एउटा नगर अध्यक्ष पदका लागि यति धेरै आकांक्षी देखिएपछि कार्यदलको सर्वसम्मत गराउने प्रयास कठिन हुने देखिएको छ ।

    Advertisement

    कार्यदलले सर्वसम्मत गराउनका लागि गत बिहीबार पहिलो पटक ती सबै आकांक्षीहरुलाई बोलाएर छलफल गराएको थियो । छलफलमा ती ९ जना नै उपस्थित थिए । त्यसपछि अर्को पटक पनि उनीहरुबीच छलफल गराइएको थियो । तर , छलफलमा शेखर कँडेलबाहेक अरुले आ–आफ्नो दावी छोड्न मानेनन् । ‘एउटा पदका लागि धेरै आकांक्षी देखिएपछि सहमतिका लागि छलफल राखेका थियौं ’ कार्यदलका संयोजक रोमणि भट्टराईले भने ।

    Advertisement

    नेकपा एमाले झापाले बिर्तामोडमा वडा र नगर अधिवेशनमा सर्वसम्मत गराउनका लागि रोमणि भट्टराई संयोजक र एकराज कार्की , जसमाया गजमेर , बद्री भट्टराई , देवराज कार्की , हरि ओझा र ध्रुव सुवेदी सदस्य रहेको समितिलाई जिम्मेवारी दिएको छ । वडा अधिवेशनबाट छानिएका करिब ४०० जना प्रतिनिधिले नगर अधिवेशनमा भाग लिनेछन् । उनीहरुले एक अध्यक्ष , एक उपाध्यक्ष , एक सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय नगर समिति चयन गर्नेछन् ।

    वडा अधिवेशनमा जस्तै नगर अधिवेशनमा पनि सर्वसम्मत बनाउने प्रयास जारी रहेको कार्यदलका सदस्य बद्री भट्टराईले बताए । उनले जसरी पनि सहमति गराउनेतर्फ आफूहरुको प्रयास जारी रहेको जानकारी दिए । अधिवेशनमा सर्वसम्मत गराउनका लागि कार्यदलले सहमतिको विन्दु तय गरिसकेको छ । हिजो साँझ उपल्लो नेतृत्व र कार्यदलबीच सहमतिको विन्दु तय गर्ने विषयमा छलफल भएको थियो । त्यस विषयमा आज बिहान सबै आकांक्षीसँग छलफल गरिने कार्यदल सदस्य भट्टराईले बताए ।

    यसैबीच हिजो नगर कमिटीको बैठक बसी राजनीतिक , सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरिएको छ । गत ६ गते वडा अधिबेशनका पुर्व सन्ध्यामा सर्वसम्मत वडा नेतृत्व चयन गर्न नेतृत्व सकृयता पुर्वक लागेको र केही दबाब झेल्दै सर्वसम्मत अधिबेशन गरिएको छ अब नगर अधिबेशन पनि त्यही तरिका बाट हुनुपर्ने कार्यकर्ताले नेतृत्व लाई नैतिक दबाब शृजना गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.