झापा । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको सरकारले गति लिने बताए ।
झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले सरकारले गति लिने र राजदुत नियुक्ति देखि बाकिँ रहेका सबैकाम आगामी एक हप्ता भित्रमा टुंगोमा पुर्याउने बताए ।
पत्रकारको एक प्रश्नमा उत्तर दिदै खतिवडाले झापाको गिरिबन्धु टि स्टेटको जग्गा बिक्री रोक्ने बताए ।
केपी ओली नेतृत्वको तत्कालीन सरकारले सत्ताबाट जाँदाजाँदै गिरी बन्धु टी स्टेटको जग्गा बेचबिखन गर्न दिने निर्णय गरेको थियो।
Advertisement







