• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्थानीयद्वारा अवरोध पूर्व– पश्चिम राजमार्ग तीन घण्टापछि सुचारु


  •    संवाददाता/ सोमबार, असोज ११, २०७८  

  • झापा । टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले अवरोध गरेको झापाको शिवसत्ताक्षि स्थित माईधारको पूर्व -पश्चिम राजमार्ग तीन घण्टापछि सुचारु भएको छ ।

    पीडित पक्षले विभिन्न माग राखेको सो विषयमा छलफल गरेर टुङ्गाउने विषयमा झापा प्रहरी सहमत भएपछि राजमार्ग सुचारु भएको हो ।

    Advertisement

    पीडित पक्षले मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृतकका श्रीमतीलाई रोजगारी र छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउनु पर्ने, राजमार्गमा ट्राफिक चेकजाँच गर्दा जेब्रा क्रसिङ भन्दा दायाँबायाँ ५ सय मिटर पर गर्नुपर्ने र राजमार्गमा भएका खाल्डाखुल्डीलाई तत्काल व्यवस्थापन गर्ने विषयमा माग राखेको स्थानीय पत्रकार विनोद सापकोटाले जानकारी दिए ।

    Advertisement

    सो मागको विषयमा प्रहरी, जनप्रतिनिधि र पीडित पक्षको बैठकबाट छलफल गरी टुङ्गो लगाउने मौखिक सहमति पश्चात् राजमार्ग खुलेको उनले बताए । बिहान साढे ८ बजेदेखि सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका स्थानीयवासीले साढे ११ बजेसम्म राजमार्ग अवरोध गरेका थिए ।

    पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी नगरपालिका- १० स्थित माइधारमा सोमबार बिहान साढे ८ बजे प्रदेश ०३–००१–क–००९५ नम्बरको टिपरले को २ च २६३२ नम्बरको छोटा हात्ती (पिकअप भ्यान)लाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट भ्यान चालक दमक नगरपालिका–९ निवासी अन्दाजी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

    पिकअप भ्यान सडकमा रोक्न खोजी रहेको अवस्थामा टिपरले पछाडिबाट ठक्कर दिँदा सो भ्यान कनकाई सिँचाइ आयोजनाको नहरमा पल्टिएर पानीमा डुबेको थियो । पानीमा डुबेको गाडी निकाल्दा चालकको गाडीभित्रै मृत्यु भइसकेको थियो ।

    टिपर र टिपर चालक जिल्ला मकवानपुर थाहा नगरपालिका– ८ निवासी २४ वर्षीय सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.