• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसत्ताक्षीमा टिपरको ठक्करबाट गाडी चालकको मृत्यु, आक्रोशित स्थानीयद्वारा पूर्व पश्चिम राजमार्ग अवरोध


  •    संवाददाता/ सोमबार, असोज ११, २०७८  

  • झापा । स्थानीयवासीले दुई घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरोध गरेका छन् । टिपरको ठक्करबाट छोटा हात्ती गाडी चालकको मृत्यु भएपछि स्थानीयवासीले सोमबार बिहान झापाको शिवसताक्षी नगरपालिका १० स्थित माइधारमा राजमार्ग अवरोध गरेका हुन् ।

    आक्रोशित बनेका स्थानीयले सडकमै टायर बालेर सडक अवरोध गरेका छन् । सडक अवरोध हुँदा यातायातका सवारीसाधन सडकमै जाम लागेको छ । यता प्रहरी राजमार्ग खुलाउन प्रयास गरिरहेका छन् ।

    Advertisement

    पूर्व-पश्चिम राजमार्गस्थित माइधारमा सोमबार बिहान साढे ८ बजे प्रदेश ०३-००१-क-००९५ नम्बरको टिपरले को २ च २६३२ नम्बरको छोटा हात्ती गाडीलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गाडी चालक दमक नगरपालिका- ९ निवासी अन्दाजी ४० वर्षीय नेत्र खड्का रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार छोटा हात्ती सडकमा रोक्न खोजी रहेको अवस्थामा टिपरले पछाडिबाट ठक्कर दिँदा सो गाडी कनकाई  सिँचाइ आयोजनाको नहरमा पल्टिएर पानीमा डुबेको थियो ।

    पानीमा डुबेको गाडी निकाल्दा चालकको गाडीभित्रै मृत्यु भइसकेको थियो । टिपर र टिपर चालक जिल्ला मकवानपुर थाहा नगरपालिका- ८ निवासी २४ वर्षीय सहदेव कार्कीलाई  इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको छ ।

    चार सय बढी स्थानीयवासी भेला भएर राजमार्ग अवरोध गरेकोले प्रहरी टोली घटनास्थल पुगेर  राजमार्ग खुलाउने पहल गरिरहेको डिएसपी थापाले बताए ।

    यता स्थानीयले गलत ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गरेको र ट्राफिक प्रहरीका कारण दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध नाराबाजी गर्दै सडक बन्द गराएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.