झापा । नेपाल बहुउद्देश्यीय सहकारी सस्था लि (एनएमसी)बुटाबारी इकाईको २९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यालयगत उप समिती सम्योजक हरि प्रसाद तिम्सिनाको अध्यक्षता तथा बिर्तामोड नगरपालिका ६ वडा अध्यक्ष सुर्य प्रसाद कन्दङ्गवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा २०७७/०७८ को प्रतिवेदन संचालक समिति सदस्य डम्बरबहादुर बस्नेतले र आर्थिक प्रतिवेदन खेम मिश्रले प्रस्तुत गर्नु भएको थियोे । बुटाबारी इकाईको शेयर सदस्य १६१२ र सेयरपुजि एक करोड चालीस लाख अडचालिस हजार छ सय र निक्षेप पुजि तेर्ह करोड तीन लाख एक हजार रहेको छ ।
केन्द्रिय साधारणसभा माइनट प्रमाणितका लागि यस इकाईबाट सदस्य हरि प्रसाद तिम्सिना,कृष्णलाल नेपाल र पबित्रा मिश्र (घिमिरे)लाई चयन गरेको छ ।
सरस्वती मा बिको सभाहलमा संचालित कार्यक्रममा स्वागत सदस्य जीवन बास्कोटाले गर्नु भएको कार्यक्रममा सहजीकरण इकाई प्रमुख राकेश हरिजनले गर्नु भएको थियो ।
Advertisement







