• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा स्थानीय सरकारका सवालबारे दुईदिने खोज पत्रकारिता तालिम शुरु


  •    संवाददाता/ शनिबार, भदौ १९, २०७८  

  • बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा स्थानीय सरकारका सवालहरुबारे दुई दिवसीय खोज पत्रकारिता तालिम शनिबार बिर्तामोडमा शुरु भएको छ ।

    कार्यक्रमका प्रमु्ख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले पानसमा दीप प्रज्ज्वलन गरी तालिमको उद्घाटन गरे ।

    Advertisement

    पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी र दमक नगररपालिकाका मेयर रोमनाथ ओलीले शुभकामना व्यक्त गरेका थिए ।

    Advertisement

    तालिमका मुख्य प्रशिक्षक अग्रज पत्रकार हरिबहादुर थापाले औचित्य माथि प्रकाश पार्दै विषयवस्तु प्रस्ट्याएका थिए ।

    दमक नगरपालिका र नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी (एनइडी)को सहकार्य रहेको तालिममा झापाका ३० जना क्रियाशील सञ्चारकर्मीको सहभागिता छ । महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको तालिम उद्घाटन समारोहको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

    तालिम उद्घाटन समारोहमा प्रमुख अतिथि भण्डारीले खोजमूलक र मर्यादित पत्रकारितामा अग्रसर हुन सञ्चारकर्मीलाई आग्रह गरे । स्थानीय सरकारका धेरै सवालहरु ओझेलमा परेको भन्दै भण्डारीले खोजमूलक पत्रकारिताको माध्यमबाट त्यस्ता सवालहरुलाई आमनागरिक समक्ष उजागर गर्न उनले सुझाए ।

    पत्रकारिताको नाममा गलत कार्य गर्न कसैलाई पनि छुट नहुने र गलत गर्नेहरुलाई दण्डित गर्नुपर्ने भण्डारीको जोड थियो । पत्रकार र पत्रकारिताका विषयमा सरकार र समाजमा उठ्ने प्रश्नहरु बारे सम्बद्ध सबैको सहभागितामा छलफल बहस हुनुपर्ने भण्डारीको जोड छ ।

    बिर्तामोड नगरपालिकाका मेयर शिवाकोटीले पत्रकारितामा नकारात्मक मात्र लेख्ने र पार्टी पत्रकारिता मौलाएको गुनासो गरे । नकारात्मक मात्र लेखेर कसैलाई खुइल्याउने भन्दा पनि लेखन तथ्यपरक हुनुपर्ने र स्थानीय सरकारका सकारात्मक कार्यहरु पनि सञ्चारमाध्यममा उत्तिकै प्राथमिकतामा पर्नुपर्ने शिवाकोटीले बताए ।

    दमक नगरपालिकाका मेयर ओलीले स्थानीय सरकारको ठूलो जिम्मेवारीसँगै त्यहाँभित्र धेरै सवालहरु विद्यमान रहेको तर त्यस विषयमा मिडियाको उचित ध्यान नपुगेको बताए । ओलीले खोजमूलक पत्रकारितामा जोड दिँदै तथ्यपरक र सकारात्मक विषयवस्तु पनि उजागर गरिदिन आग्रह गरे ।

    कार्यक्रममा शेयरकास्टका अफिस मेनेजर भूमि चापागाईले संस्थाको गतिविधि र पत्रकार महासंघसँगको सहकार्यबारे प्रस्ट्याएका थिए । बिर्तामोडको टायमलेस मुमेन्ट होटलमा भइरहेको तालिममा शेयरकास्टकी रिसर्च अफिसर ओसिन राईको पनि सहभागिता छ ।

    स्थानीय सरकारलाई प्रभावकारी, पारदर्शी एवम् जवाफदेही बनाउन त्यहाका सवाल उठान गर्न पत्रकारहरुलाई खोज पत्रकारितामा प्रेरित गर्न तालिमको आयोजना गरिएको बताइएको छ ।

    स्थानीय सरकारले सम्पादन गर्ने कार्यहरु, कार्यक्रम निर्माण तथा बजेट विनियोजन प्रक्रिया र कार्यसम्पादनका बारेमा आम जनतालाई सुसूचित गराउने सवालहरु बारे तालिममा छलफल हुने बताइएको छ ।

    स्थानीय सरकारले दिने सेवासुविधाको प्रभावकारिता र पारदर्शिताका बारेमा तथ्य उजागर गर्ने एवम् आन्तरिक सुशासनलाई प्रवद्र्धन गर्नका लागि  सञ्चार क्षेत्रबाट कसरी योगदान गर्न सकिन्छ भन्ने बारेमा पनि तालिममा छलफल हुने बताइएको छ ।

    स्थानीय सरकारसँग सहभागी मध्ये सम्बन्धित विषयवस्तुलाई प्रभावकारी रुपमा उठान गरी अर्थपूर्ण र विकल्पसहितको समाधानका लागि जिम्मेवार पत्रकारिता मार्फत विषयवस्तुको उत्कृष्ट ढंगले रिपोर्टिङ गर्ने पत्रकारलाई लेखनवृत्ति प्रदान गरिने बताइएको छ ।

    प्रभावकारी र जिम्मेवार पत्रकारिताको माध्यमबाट सुशासन प्रवद्र्धनका क्षेत्रमा कलम चलाउन पत्रकारलाई अभिप्रेरित गर्ने तालिमको अपेक्षा रहेका शेयरकाष्टका अफिस मेनेजर चापागाईले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.