• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अविरल वर्षाले झापाको जनजीवन प्रभावित, खोलाले तटीय क्षेत्र कटान गर्दा पाठामारी र गौरीगञ्जबासी उच्च जोखिममा


  •    संवाददाता/ शनिबार, भदौ १२, २०७८  

  • झापा । लगातारको अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

    वर्षाले जिल्लाका अधिकांश खोला तथा नदीहरूमा पानी बहाव बढेपछि कतै डुबान, त कतै कटानले दक्षिणी क्षेत्रका पालिकाका बस्तीहरू उच्च जोखिममा रहेको छ । पानीको निकास नहुँदा सहरी क्षेत्रका पालिकाहरू पनि जलमग्न बनेको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाले झापा गाउँपालिका-५ स्थित पन्थपाडाका १२ घर डुबानमा परेको छ । घर-आँगनमा वर्षाको पानी २ फिटसम्म जमेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

    Advertisement

    घर आँगनमा जमेको पानी निकासका लागि प्रहरी चौकी शरणामतीको टोलीले सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताए । त्यस्तै माई खोलामा आएको बाढीले गौरीगंज गाउँपालिका १ स्थित रंगेथानमा तटीय क्षेत्र तीव्र रुपमा कटान भइरहेको छ ।

    ‘खोलाले तटीय क्षेत्रको ३५/४० मिटर बाँध कटान गर्दै खेतबारीसम्म पानी आइपुग्न लागेको छ,’ डिएसपी थापाले भने, ‘निरन्तर पानी परेमा नदीमा आएको बाढीले धान खेती डुबान गर्दै माहाभारा तथा कुन्जीवारि क्षेत्रका ८० देखि ९० घर डुबानमा पर्ने सम्भावना देखिएको छ ।’

    बस्ती डुबानबाट जोगाउन बाँध बाँध्नका लागि प्रहरी चौकी महाभाराले सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताए । अहिलेसम्म बाढीका कारण जिल्लामा कुनै मानवीय र भौतिक क्षति नभएको उनको भनाई छ । घाग्रा खोलामा आएको बाढीले अर्जुनधारा नगरपालिका–५ स्थित पाण्डपपुर बस्ती जोखिम रहेको छ ।

    खोलामा आएको बाढीले अर्जुनधारा–५ मा तटीय क्षेत्र कटान गरिरहेको रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइँटेलले जानकारी दिए । तटीय क्षेत्र यसरी नै कटान हुँदै गए त्यस क्षेत्रमा ठुलो क्षति हुन सक्ने स्थानीयको अनुमान छ । स्थानीय देवराज बुढाथोकीको घर छेउसम्म खोलाले कटान गरिरहेको छ ।

    त्यसै गरी कचनकवल-५ स्थित पाठामारीमा मेची नदीले तटीय क्षेत्र कटान गर्दै नदीको पानी बस्ती नजिकै पुगेको छ । मेची नदीले केही दिन अघि ११२ नम्बर सीमा पिलर बगाएर लगेपछि त्यसका बासिन्दा उच्च जोखिममा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पाठामारीले जनाएको छ ।

    ११२ नम्बर पिलर नजिकै नेपाली र भारतीय दुवै बस्ती रहेको छ । सबैभन्दा बढी जोखिममा भारतीय नागरिक रहेको बिओपी पाठामारीका सई रुद्र श्रेष्ठले जानकारी दिए । नदीमा पानीको बहाव बढेमा बाँकी रहेको तटीय क्षेत्र पनि कटान गर्दै बस्ती बगाउने खतरा छ, उनले भने । कचनकवल-४ स्थित ११९/२८ नम्बर सानो पिलर बगाउने अवस्थामा पुगेको छ ।

    जमुना नदीले तटीय क्षेत्र कटान गर्दै पिलर ढल्ने अवस्थामा पुगेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कचनकवलका प्रहरी निरीक्षक भक्त थापाले जानकारी दिए । साथै ११९/२३ नम्बर पिलर पानीमा डुबेको उनको भनाई छ । साथै कचनकवलका अधिकांश स्थान जलमग्न भएको स्थानीयबासीहरु बताउँछन् ।

    अविरल वर्षाले खोला तथा नदीहरूमा पानी बढिरहेकोले जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३१ वटा वडाको अवस्था बुझ्न स्वयम सेवक परिचालन गरिसकेको विपत् व्यवस्थापन समितिका सदस्य लोकराज ढकालले जानकारी दिए । जिल्लाका मेची, निन्दा, माई, कनकाई, मावा, देउनिया, हडिया, अदुवा लगायतको खोलामा पानी वहाव बढेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.