• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोभिड १९ बिरुद्धको खोप अभियानलाई व्यबस्थित बनाउन मेचीनगरको आग्रह ,नगरका राजनीतिक दलहरुले समन्वयकारी भूमिका निर्वाह गर्ने


  •    संवाददाता/ बिहिबार, भदौ १०, २०७८  

  • मेचीनगर। झापाको मेचीनगरका क्रियाशील राजनीतिक दलले नगरभित्र लगाईने कोभिड १९बिरुद्धको खोपलाई व्यवस्थित र मर्यादित बनाउन आ—आफ्नो ठाउँबाट साथ सहयोग उपलब्ध गराउने प्रतिवद्घता जनाएका छन् ।

    डीसीएमसी झापाको भदौ ८ गतेको निर्णय अनुसार कोभिड १९ विरुद्घको भेरोसिल दुई डोजको एक भाएल दोस्रो मात्रा खोप अभियान भदौ ११ गते विहीबारबाट शुरु हुदैं छ । भदौ ११ देखि १३ गतेसम्म हुने खोप अभियानलाई मध्यनजर गरेर नगरपालिकाले बुधबार मेचीनगरका क्रियाशील राजनीतिक दलका प्रमुख प्रतिनिधि,नगरभरिका वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र सञ्चारकर्मीसहितको छलफलमा दलकातर्फबाट प्रमुख प्रतिनिधिहरुले यस्तो प्रतिवद्घता जनाएका हुन् ।

    Advertisement

    खोप सेवा सञ्चालन गर्दा पालिका स्तरमा सर्वपक्षिय बैठक राखेर छलफल गरेर खोप अभियान सञ्चालन गर्नु अघि नै पूर्व तयारी योजना बनाएर मात्र खोप अभियान सञ्चालन गर्नुपर्ने १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय झापाले निर्देशिका जारी गरेको छ ।

    Advertisement

    छलफलमा सहभागी सवैजना भेरोसिल खोप पहिलो मात्राको खोपकार्डको आधारमा मात्र अभियान सञ्चालन गर्नेमा एकढिक्का भएका छन् । छलफलमा सहभागी राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले खोप केन्द्रमा हुने अनावश्यक भीडभाड लाई व्यवस्थित गर्न, लक्षित समुदायलाई मात्र खोप उपलब्ध गराउन, स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्ने कुरामा दलका तर्फबाट पूर्णरुपमा साथ सहयोग हुने बताएका थिए ।

    नगप्रमुख विमल आचार्यले छलफलको अध्यक्षता गदैं अहिलेसम्म कोभिड संक्रमण तथा रोकथाम र खोप लगाउने कार्यमा मेचीनगर देशकै उत्कृष्ट बनेको चर्चा गदैं यसलाई बचाई राख्न, नगरका क्रियाशील राजनीतिक दलका प्रमुख प्रतिनिधि, नगरभरिका वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य। विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुसँग आग्रह गर्नुभएको थियो । नगरप्रमुख आचार्यले खोप अभियान सञ्चालन गर्दा हुन सक्ने अवान्छित गतिविधि व्यवस्थापनको आवश्यक सहयोगको अपेक्षा समेत राख्नुभयो ।

    उपप्रमुख मीना पोखरेल उप्रेतीले कोभिड १९ विरुद्घको भेरोसिल दुई डोजको एक भाएल पहिलो मात्रा खोप जहाबाट लगाईएको हो त्यहीबाट लगाउने व्यवस्था मिलाईको बताउनुभयो । उहाँले साविककै खोप केन्द्रबाट यो सेवा प्रवाह गर्ने सहभागी सवैलाई जानकारी गराउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा स्वास्थ्य शाखा संयोजक रामनारायण यादवले खोपका बारेमा जानकारी गराउनुभएको थियो ।

    राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले आफ्नोतर्फबाट स्वयम्सेवककारुपमा भूमिका निर्वाह गर्न तयार रहेको भन्दैं स्वायम्सेवकका नाममा अनावश्यक गतिविधि हुन नदिन नगरपालिकालाई सुझाव दिएका थिए ।

    भदौ ११ देखि १३ गतेसम्म भद्रपुर, मेचीनगर, विर्तामोड, अर्जुनधार र दमक नगरपालिका तथा बुद्घशान्ति, कचनकवल, हल्दिवारी, बाह्रदशी गाउँपालिका गरी नौवटा पालिकामा भेरोसिल दुई डोजको एक भाएल दोस्रो मात्रा खोप अभियान सञ्चालन गर्ने निर्णय भएको छ । यसैगरी, भदौ १७ देखि १९ गतेसम्म कन्काइ , शिवसताक्षी र गौरादह नगरपालिका तथा कमल, झापा, गौरीगञ्ज गाउँपालिका गरी ६ वटामा अभियान सञ्चालन हुने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.