झापा । बिर्तामोड ९ स्थित बालबालिकाका लागि खेलकुद अन्तरगत खेलकुदका सामाग्री बितरण गरिएको छ ।
नगर खेलकुद बिकास समिति द्धारा बालबालिका लाई फुटबल, भलिबल, ब्याटविन्टर ,स्केपिङ ,लगायतका विभिन्न सामाग्री बितरण गरिएको हो ।
समितिका अध्यक्ष टीका संग्रौलाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर ९ का उपाध्यक्ष रोहित ओलि ७ का अध्यक्ष बद्री प्याकुरेलको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा बोल्दै अतिथिहरुले पहिलो पटक बालबालिका सामु खेलकुद बिकास समिति पुगेकोमा खुशी ब्यक्त गरे ।
अध्यक्ष संग्रौलाले बालबालिका प्रती योजना बनाइए पनि लक्षित समुहमा पुग्न विभिन्न कारणले समस्या भएको र कोभिडका कारण थप जटिल भएको बताए । संचारकर्मी सरोज पौडेलले सहजीकरण रहेको कार्यक्रममा पहिलो पटक बालबालिकाका लागि खेलकुद सामाग्री बितरण गरिएको र आगामी दिनमा नगरका १० वटै वडामा बालबालिका ,बालक्लब लाई खेलकुदमा सहभागी गराउने र सामाग्रीका साथमा प्रशिक्षण दिन पहल गर्ने बताएका छन् ।








