• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

युवाको सक्रियतामा अग्नीपीडितलाई घर हस्तान्तरण


  •    संवाददाता/ शुक्रबार, असार १८, २०७८  

  • विराटनगर । आगलागीबाट घर जलेर मृत्यु भएकी झापा कमलगाउँपालिका ६ सोनापुरकी कुलमाया बस्नेतको परिवारलाई युवा सक्रियतामा घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।

    स्थानीय युवाको सक्रियतामा बस्नेत परिवारको घर निर्माण गरिदिने अभियान चलाइएको थियो । घरसँगै व्यवसाय गर्न २ लाख १६ हजार रुपैयाँको चेक पनि परिवारलाई दिइएको छ ।

    Advertisement

    आगोले जल्दा देवीवहादुर बस्नेतका २२ वर्षीया छोरी कुलमायाको मृत्यु भएको थियो । घर निर्माण समितिका संयोजक हुकुमसिंह राईले बस्नेत परिवारमा दुःखको ठूलो बज्रपात भएकाले आफूहले सहयोग जुटाएर घर निर्माण गरिदिएको बताए । जस्तापाताले छाएर इँटा जडान गरी पक्की घर निर्माण गर्न जम्मा ५ लाख ४५ हजार रुपैयाँ खर्च भएको समितिका आर्थिक संयोजक हर्कबहादुर रायले बताएका छन् ।

    Advertisement

    बस्नेत परिवारको तीन पुस्ता स्थानीय एक परिवारको घरायसी कामदारका रुपमा बस्दै आएको थियो । खोले पकाउन आगो बालेको चुल्होमा परेपछि कुलमायाको उपचारमा समस्या भएको थियो । पछि राईको नेतृत्वमा कुलमाया बचाउ अभियान गठन भई सहयोग जुटाइएको थियो । उपचारका क्रममा विरामीको मृत्यु भएपछि त्यही अभियानलाई घर निर्माण समितिमा रुपान्तरण गरिएको थियो ।

    घरायसी काम गर्दै आएको परिवारले दश धुर घडेरी उपलब्ध गराइदिएको हो । कूलमाया बचाउ अभियानकै बीचमा विरामीको उपचारका लागि ३ लाख ८० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । सो रकमसमेत केही प्रतिशत घरमा पनि खर्चिएको र बचत रकम २ लाख १६ हजार रुपैयाँ जीविकोपार्जनमा सहयोग पुगोस भनेर सहयोग गरिएको संयोजक राईले बताए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.