• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्थानीयको विरोधपछि रोड डिभाइडरमा लगाएको गुणस्तरहीन फलामे रेलिङ  गाउँपालिकाले हटायो


  •    संवाददाता/ मङ्गलबार, असार १५, २०७८  

  • झापा ।निर्माण कम्पनीले रोड डिभाइडरको रेलिङमा कमसल फलामे पाइप प्रयोग गरेको भन्दै स्थानीयको चर्को विरोधपछि कचनकवल गाउँपालिकाले सो रेलिङ हटाउन लगाएको छ ।

    मेची राजमार्ग अन्तरगत चाराआली–चना सडक खण्डको कचनकवल गाउँपालिका- ६ स्थित बनियानी चोकमा बनाइएको रोड डिभाइडरमा निर्माण कम्पनीले गाउँपालिकाको इस्टिमेट भन्दा फरक (गुणस्तरहीन) रेलिङ लगाएको भन्दै स्थानीयले त्यसको चर्को विरोध गरेका थिए ।

    Advertisement

    गुणस्तरहीन रेलिङ लगाउँदै गरेको स्थानीयले फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट समेत गरेका थिए । ६ नम्बर वडा अध्यक्ष कुलबहादुर कार्कीले फेसबुकमा फोटो पोस्ट गर्दै बनियानीको डिभाइडरको रेलिङमा व्यापक भ्रष्टाचार हुनबाट रोक्न सफल हुँदै कमसल सामग्री खोल्न लगाइयो लेखेका छन् । निर्माण गरिएको रोड डिभाइडर उनकै वडामा पर्छ ।

    Advertisement

    यता स्थानीयको चर्को विरोधपछि डिभाइडरको आधा भागमा लगाइसकेको फलामे रेलिङ गाउँपालिकाको आदेशमा निर्माण कम्पनीले सोमबार बिहान हटाएको छ । रेलिङ हटाउनु अघि गाउँपालिका अध्यक्ष अञ्जार आलम र विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनले समेत स्थलगत अनुगमन गरेका थिए ।

    चाराआली–चना सडक खण्ड कालोपत्रे बनेपछि बनियानी चोकको सौन्दर्यतासँगै वान वे बनाउने आर्थिक वर्ष ०७५/०७६ मा १५ लाख बजेट विनियोजन गर्दै गाउँपालिकाले ६ सय मिटर रोड डिभाइडर निर्माण गरेका थिए । त्यसपछि सो डिभाइडरमा ५ लाख ४० हजार खर्च गरेर गाउँपालिकाले ६ वटा सोलार बत्ती पनि जडान गर्‍यो ।

    डिभाइडरको कामलाई निरन्तरता दिँदै गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा डिभाइडरको प्लास्टर र फिनिसिङ, फलामे रेलिङ, रंगरोगन, एउटा पानीको मोटर जडान, मल र माटो हाल्ने गरी एकमुष्ट ठेक्का आवहन गरेको थियो । गाउँपालिकाले २०७७ माघ २८ गते सो ठेक्का १८ लाख ३३ हजार २५७ रुपैयाँमा खुलाएको गाउँपालिकाका योजना अधिकृत केशव मैनालीले जानकारी दिए ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.