• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चिया क्षेत्रमा सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग


  •    संवाददाता/ आइतबार, असार १३, २०७८  

  • बिर्तामोड । श्रमिक नेताहरुले चिया क्षेत्रमा सामाजिक सुरक्षा ऐन २०७४ तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।

    आइतबार झापाको बिर्तामोडमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै ट्रेड युनियन तथा चिया क्षेत्रसम्बद्ध श्रमिकका नेताहरुले सबै श्रमिकलाई तत्काल सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न माग गरेका हुन् ।

    Advertisement

    चिया उद्योगीहरुसँग यसअघि भएको सहमति बमोजिम योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा नेताहरुको जोड छ । चिया उद्योगीले उक्त ऐन कार्यान्वयनमा आलटाल गरिरहेको भन्दै उनीहरुले सरकारको समेत ध्यानाकर्षण गराएका छन् । पूर्वसहमति बमोजिम असार मसान्तसम्ममा सामाजिक सुरक्षा ऐन कार्यान्वयनका लागि चिया प्रतिष्ठान र सम्बद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरणको प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रने नेताहरुले बताएका छन् । उनीहरुले श्रम ऐनको अक्षरशः कार्यान्वयनमा समेत जोड दिएका छन् ।

    Advertisement

    श्रमिकको हक अधिकार रक्षाका लागि बनेका ऐन कानून कार्यान्वयनमा चिया उद्योगीहरुको उदासिनता हुनु र सरकारले समेत चासो नदिँदा श्रमिकहरु पीडित बनेको नेताहरुको गुनासो छ ।

    सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनका लागि सबै सरोकारवालासँग छलफल गरी कुनै समस्या भए तत्काल समाधान गरेर अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । उक्त ऐन कार्यान्वयन नहुँदा जीवन नै जोखिममा राखेर श्रमिकले काम गरिरहनु परेको बताइएको छ । ती ऐन कार्यान्वयन भए श्रमिकसँगै चिया क्षेत्रका अधिकांश समस्याहरु समाधान हुने मजदुर नेताहरुको भनाइ छ । त्यस्तै चिया क्षेत्रमा कार्यरत कामदार कर्मचारीको ग्रेड कार्यान्वयन गर्न कानूनी व्यवस्था गरी अघि बढ्नका लागि समेत उनीहरुको आग्रह छ । त्यस्तै बढ्दो महँगी अनुसार श्रमिकका लागि विशेष राहत प्याकेजको व्यवस्था गर्न समेत उनीहरुले माग गरेका छन् । चिया क्षेत्रलाई विशेष पकेट क्षेत्र घोषणा गरी श्रमिक, कृषक र उद्योगीको समस्या समाधान गरी समग्र चिया क्षेत्रको विकासमा अग्रसरता लिन तीनै तहका सरकारलाई मजदुर नेताहरुले ध्यानाकर्षण समेत गराएका छन् ।

    अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का इञ्चार्ज भुपाल सापकोटा, नेपाल ट्रेड युनियन कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, ट्रेड युनियन महासंघ नेपाल टुकोनका प्रदेश १ अध्यक्ष हर्क थुङगिम, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सहीकुमार राईले समग्र चिया क्षेत्रको समस्या समाधानका लागि उक्त ऐन कार्यान्वयनमा जोड दिए ।

    नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, अखिल नेपाल चिया मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटा, चिया श्रमिक संगठनका झापा अध्यक्ष कर्ण खातीले चिया श्रमिकका समस्या समाधान नभए सशक्त आन्दोलन गर्ने बताए । सामाजिक सुरक्षा ऐन कार्यान्वयन नभए साउनबाट आन्दोलनमा उत्रने नेताहरुले संकेत गरेका छन् । संवाद समूह झापाले संयोजन गरेको छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.