झापा । झापाको गौरादहमा पैनीमा डुबेर १ बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह–४ मैदानघुपाका गोपाल भट्टराईको २ बर्षीय छोरा संयोग रहेका छन् ।
शनिवार बेलुका साढे ६ बजे घर अगाडि पैनीमा खेल्ने क्रममा अचानक डुबेका थिए ।
Advertisement
डुबेको थाहा पाउने वित्तिकै बालकलाई उपचारका लागि गौरादहको मेडिकल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।







