बिर्तामोड । झापामा जारी निषेधाज्ञा १ साता लम्व्याउने प्रशासनले तयारी गरेको छ । त्यसका लागी भोली जील्ला कोभिड संकट व्यबस्थापन केन्द्र डिसीसीएमसीको बैठक बसेर छलफल गरीने प्रमुख जील्ला अधिकारी श्रवण कुमार तिमल्सीनाले जानकारी दिनुभयो ।
जील्लामा कोरोनाको जोखिम कायमै रहेकाले तत्काल निषेधाज्ञा पूर्ण खोल्न नसकीने उहाँले उल्लेख गर्नुभयो । यद्यपी अवस्था हेरेर थप खुकुलो पार्दै जान सकिने तिमल्सीनाले बताउनुभयो । जील्लामा पछिल्लोपटक गत सात गते थपिएको निषेधाज्ञाको अवधि भोली राती सकिँदैछ ।
Advertisement







