असार ३,काठमाण्डौ । बाढी पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन पूर्व राजा ज्ञानेन्द्र शाहले आग्रह गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले प्राकृतिक विपत्तिको न्यूनीकरणमा सबै मिलेर अघि बढ्नु पर्ने बताए।
कोरोनाको महामारीबाट देश आक्रान्त भइरहेको बेला फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको भन्दै पूर्व राजा शाहले यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने उल्लेख गरे ।
उनले हिमाल, पहाड र तराईका धेरै जिल्लामा जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा सहरी बस्तीका स्थानीय बासिन्दाको उठीबास भएको खबरले आफूलाई दु:खित तुल्याएको बताए ।
Advertisement







