• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमाले नगर कमिटीले दिएको ५० थान सिलिन्डर अक्सिजन बिर्तामोड आइपुग्यो


  •    संवाददाता/ मङ्गलबार, जेठ १८, २०७८  

  • जेठ १८, झापा । नेकपा एमाले बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरी बिर्तामोडको नगर अस्पताललाई दिनका लागि आज बिर्तामोड ल्याइपुर्याएको छ ।

    विभिन्न दाताहरुबाट संकलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौंबाट खरिद गरी ती सिलिन्डर ल्याइएको हो ।

    Advertisement

    जुन सिलिन्डर भोलि बिहान बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

    Advertisement

    नगर अस्पताललाई ५० वटा अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गर्नका लागि नेकपा बिर्तामोडले सहयोग संकलन अभियान संचालन गरेको थियो । त्यसअन्तर्गत १ सय वटा सिलिन्डरको रकम संकलन भएको थियो ।

    विभिन्न दाताहरुले करीब १५ लाख रुपैयाँ सहयोगको घोषणा गरेकोमा १३ लाख उठिसकेको र २ लाख उठ्न बाँकी रहेको नेकपा बिर्तामोडका नगर कमिटी सचिव सुवास भट्टराईले बताए । ५० वटा सिलिन्डर खरिद गरिसकेपछि करीब ६ लाख ५० हजार रुपैयाँ उब्रिएको बताउँदै उनले त्यस रकमलाई सबैको सल्लाहमा महामारीकै लागि खर्च गर्ने जानकारी दिए । नगर कमिटीले प्रतिसिलिन्डर १६ हजार रुपैयाँमा खरिद गरेको हो । त्यस्तै प्रतिसिलिन्डर २ सय रुपैयाँ ढुवानी खर्च लागेको जनाइएको छ ।

    एकजना दाताले एक सिलिन्डरबराबरको नगद सहयोग गरेका थिए । बिर्तामोड ५ नं वडाका जनप्रतिनिधिहरुले ३ वटाको रकम दिएका थिए भने व्यवसायी रोशन अग्रवालले दुईवटाको लागि ३० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । बिर्तामोड नगरपालिकाले नगर अस्पतालको सेवा संचालनमा ल्याएको छ । नगर अस्पतालमा कोरोना संक्रमितहरुको उपचारका लागि ती सिलिन्डर उपलब्ध गराउन लागिएको हो । नगर अस्पतालको भवन तीब्र रुपमा निर्माण भइरहेको छ । नगरपालिकाले यसअघि नै अनारमनीमा रहेको स्वास्थ्य चौकी भवनमा अक्सिजनसहित ५ शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

    त्यस्तै बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी ५० शैय्याको आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ । मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शैय्याको आइसोलेसन सेन्टर संचालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.