झापा । नेकपा (एमाले) का नेता तथा झापा क्षेत्र नम्बर २ का सांसद पबित्रा निरौला खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को (५) अनुसार प्रधानमन्त्री बनाउनुपर्ने रिटमा हस्ताक्षर गरेकि छैनन् ।
माधव नेपाल पक्षबाट २५ जनाले हस्ताक्षर गरेको बुझिएको छ । खरेल नेता नेपालको साथ छोडेको चर्चा चलिरहेको छ । तर, उनले आफू विरामी भएर घरमै आराम गरिरहेको बताएकि छिन् । उनले हामी संग कुरा गर्दै आफू ज्वरो आएर घाटी दुखेर घरमै बसेको जानकारी दिइन । नेता नेपालसँग भने नियमित सम्पर्कमा रहेको बताउदै आएकी छिन् ।
एमालेको फुट अब टार्न नसकिने अवस्थामा पुगेको देखिन्छ । आजमात्रै ओलीले पार्टीको स्थायी कमिटी बैठक राखेर माधव नेपालसहितका ११ सांसदलाई कारबाही गरेका छन् ।
Advertisement







