झापा । कोभिड-१९ को महामारी बिच अनेरास्ववियु हल्दिबारी गाउँ कमिटी र राष्ट्रिय युवा संघ नेपाल हल्दिवारीको संयुक्त सहयोगार्थ मा हल्दिबारी भित्रका फ्रन्ट्लाइनरमा खटिएका स्थानीय प्रहरीलाई ३० हजार बराबर को स्वास्थ्य सामाग्री आज एक कार्यक्रम बिच हस्तान्तरण गरीएको छ ।
मास्क ,सेनिटाइजर ,ग्लोव ,फेससिल हस्तान्तरण अनेरास्ववियु हल्दिबारी गाउँ कमिटी सचिव अभिषेक खतिवडा जानकारी दिए।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा संघ हल्दिवारीका अध्यक्ष सैलेन्द्र सिटौला ,उपाध्यक्ष सरोज दाहाल ,कोषाध्यक्ष अनिल मेचे, कबड्डी खेलाडी तथा प्रशिसेक अमृत मेचे अनेरास्ववियु केन्द्रिय सदस्य बलराम गिरी, अनेरास्ववियु हल्दिवारी गाउँ कमिटी अध्यक्ष विजय राई समेत को उपस्थिति रहेको थियो।
हाल सम्म हल्दिबारी भित्र कोरोना संक्रमण हुनेको संख्या १२२ पुगेको छ भने २० जना संक्रमणमूक्त बनेका छन् । २ जना भने अस्पतालमा उपचाररत रहेको र ९९ जना होम आइसोलेसनमा रहेको स्वास्थ शाखाले जनाएको छ।
Advertisement







