• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुद्धशान्तिमा आइसोलेसन सेन्टर सञ्चालनमा, विरामीको निशुल्क उपचारको व्यवस्था


  •    संवाददाता/ सोमबार, जेठ ०३, २०७८  

  • झापा। कोरोना भाइरसको संक्रमणबाट देशभर सर्वसाधारणले गम्भिर स्वास्थ्य संकटको सामना गरिरहेको सन्दर्भमा झापाको बुद्धशान्ति गाउँपालिकाले भने व्यवस्थित रुपमा पूर्वतयारी सम्पन्न गरेको छ ।

    बुद्धशान्ति गाउँपालिकाले देशभरको विग्रँदो अवस्था देखेरै सतर्कताका लागि सिकेको छ ।

    Advertisement

    स्वास फेर्न गाह्रो हुने संक्रमितलाई अक्सिजन सहितको हाइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । त्यहाँ उपचार गर्न आउनेलाई कुनै पनि शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।

    Advertisement

    अक्सिजनको अभावले देशभर हाहाकारको अवस्था सृजना भईरहँदा बुद्धशान्ति गाउँपालिकाले भने कोरोना संक्रमणबाट ग्रसित सर्वसाधारण जस्लाई अक्सिजनको आवश्यकता पर्छ उनीहरुका लागि अक्सिजनको अभाव हुन नदिन १५ बटा अक्सिजन सिलिन्डरको व्यवस्थापन गरि गाउँपालिकामा सुविधायुक्त आइसोलेसन सेन्टर गाउँपालिकाले सञ्चालन गरेको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताउनु भयो । भुजेलले विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डर जुटाइएको बताउनु भयो ।

    बुद्धशान्ति गाउँपालिकामा कोरोना संक्रमितको संख्या सय नाघिसकेको अवस्थामा सर्वसाधारणमा आउनसक्ने संकटलाई ध्यानमा राखेर पालिकाले महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको निर्माणाधिन भवनमा आइसोलेसन सेन्टर हालै सञ्चालनमा ल्याएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलले बताउनु भयो ।

    आइसोलेसन सेन्टरमा हालसम्म कोहि विरामीलाई ल्याउनुपर्ने अवस्था नभएपनि पूर्ण तयारी अवस्थामा गाउँपालिका रहेको गाउँपालिका उपाध्यक्ष भूर्तेलले पनि बताउनु भएको छ ।

    विरामीको उपचार गर्न सकेको अवस्थासम्म स्वास्थ्यकर्मीले यही आइसोलेसन सेन्टरमा गर्ने र विरामीको अवस्था थप जटिल भए अन्यत्र रेफर गरिने बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिनुभयो ।

    आइसोलेसन सेन्टरमा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताउनु भएको छ । १५ बेड तयारी अवस्थामा रहेको सन्दर्भमा विरामीको चाप बढे थप बेड सञ्चालन गर्न सक्ने गरीको व्यवस्थापन गाउँपालिकाले बनाएको बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.