झापा । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १४५ जना कोरोना मृतक थपिएका छन् ।
क्वारेन्टाइनमा ७०१ जना रहेका छन् ।
Advertisement







